हुलाकी न्यूजः सिरहामा स्थानीय नेकपा नेता तथा पूर्वगाविस अध्यक्ष सुवरण यादवमाथि बम प्रहार भएको छ । सिरहाको औरही गाउँपालिका-५ का नेता यादव घरमा सुतिरहेका बेला मध्यरातमा उनीमाथि अज्ञात समुहले बम प्रहार गरेको हो ।

उनलाई बमको छर्रा लागेर घाइते भएका छन् । उनको शरिरको विभिन्न भागमा बमको छर्रा लागेको छ ।

नेता यादवलाई उपचारका लागि सिरहाको सदरमुकाम रहेको जिल्ला अस्पतालमा लगिएको छ । बम कसले र किन प्रहार गरेको विषयमा केहि खुल्न सकेका छैन ।

जिल्ला प्रहरी सिरहाका अनुसार बम बिस्पोट भएको घटनास्थलमा जिल्लाको टोली पुग्दै गरेको जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.