हुलाकी न्युज, सिरहा । सिरहामा भोटको विषयमा विवाद हुदा एक जनाको हत्या गरिएको छ ।

सिरहा नगरपालिका वडा नं २ का ४५ वर्षिय प्रताव रायलाई धारिलो हतियार प्रहारबाट मृत्यु भएको छ । सिरहा नगरपालिका वडा नं २ बाट माओवादी केन्द्रका वडा अध्यक्षका उम्मेदवार रहेका कुमर यादव १० हजार रुपैयाको खसी खाएकाहरुले भोट नदिएको विषयमा रायविच विवाद भएका थिए । किराना पसल थापेर बसेका राय स्थानीय युवाहरुलाई ‘तिमिहरु खसी खाएर भोट नदिएको’ भनेपछि असोज ७ गते विवाद सुरु भएको स्थानीयको भनाइ छ ।

प्रहरी र स्थानीयकै पहलमा विवाद साम्य भएर दुई दिन पछि पंचमिका दिन (९ गते) वडा प्रहरी कार्यालयमा पंचायत बसेको थियो । पंचायतमा मृतक रायले ‘खसी खाएर भोट नदिएको’ बारे आफूले भनेका कुरामा उम्मेदवार कुमरसंग गल्ती स्विकार गरेका थिए । गल्ती स्विकार गरेपछि प्रहरीमा पंचायत सहमतिमा टुंगिएको थियो ।

त्यही राती ११ बजे रायमाथी धारिलो हतियार प्रहार भएको थियो । टाउकोमा धारिलो हतियार र जीउभरी रडले हानेको निलडाम रहेको थियो । धारिलो हतियारवाट गम्भीर रहेका रायलाई तत्कालै जिल्ला अस्पताल सिरहा पुर्याईएको थियो । प्राथमिक उपचार गरेर थप उपचारका लागि रायलाई बिराटनगर पठाईएका थिए । त्यहाँ पनि उपचार सम्भव नभएपछि थप उपचारको लागि भारतको सिलिगुडी लगिएको थियो । सिलिगुडीबाट थप उपचारका लागि दिल्ली लैजान चिकित्सकले भनेपछि त्यसकै तयारीमै रहेको बेला रायको १६ गते मृत्यु भएको थियो । आज(वुधवार) रायको शव सिरहा ल्याएको र पोष्टमार्टम गरिएको प्रहरी उपरीक्षक शेखर कोइरालाले बताए ।

प्रहरीद्वारा एक पक्राउ 
प्रहरीले तत्कालै विवाद गरेर सहमती भएका माओवादी केन्द्रका वडा अध्यक्षका उम्मेदवार कुवर यादवलाई पक्राउ गरेको छ । गम्भीर घाइते रायलाई उपचारको लागि जिल्ला अस्पताल सिरहामा ल्याएर उपचार सुरु गरेको थियो । त्यही बेला रायले अस्पताल सुरक्षामा रहेका प्रहरीलाई आफ्नै हातले सादा पानामा ‘कुवर यादव’ को नाउ लेखेका थिए । नाम लेखेर उनी वेहोस भयो । प्रहरीले तत्कालै यादवलाई पक्राउ गरेका छन् । घटनामा संलग्न भएको आरोप लागेका करिब ५ जना फरार रहेका छन् । घटना बारे थप अनुसन्धान भैरहेको प्रहरी प्रमुख एसपी कोईरालाले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.