सिरहामा दलित जनप्रतिनिधिको प्रदेशस्तरीय भेला

हुलाकी न्युज, सिरहा । सिरहाको कर्जन्हा नगरपालिकामा वडा नं. ११ मा भव्य समारोहबीच दलित जनप्रतिनिधिहरुको प्रदेशस्तरीय सभा शुरु भएको छ ।

दलित सरोकार मञ्च नेपाल, सप्तरीद्वारा आयोजित दुई दिवसीय कार्यक्रममा पहिलो दिनमा प्रदेश नं. २ का उपमहानगरपालिका, नगरपालिका तथा गाउँपालिकाका १३६ जना दलित कार्यपालिकाको सहभागिता रहेको थियो । सहभागीहरुले दलित जनप्रतिनिधिहरुप्रति भई रहेको विभेद, समस्या र चुनौती बारेमा गुनासो पोखेका छन् ।

मञ्चका निर्देशक एवं दलितका अगुवा नेता भोला पासमानको अध्यक्षतामा भएको सो कार्यक्रममा अधिकांश दलित प्रतिनिधिहरुले समस्या तथा चुनौतीहरुलाई सामना गर्नका लागि एकजुट भएर अगाडि बढनुपर्ने बताएका छन् । उनीहरुले पाएको अधिकारलाई सदुपयोग तथा दलितको उत्थानका लागि शिक्षित, संगठित र संघर्षको मार्फत अगाडि बढने प्रतिबद्धता समेत जनाएका छन् ।

कार्यक्रमलाई चार भागमा बाँडिएको थियो । पहिलो भागमा दलितका केन्द्रिय प्रतिनिधि सभा, दोस्रो भागमा प्रदेशका साँसद तथा तेस्रो र चौथो भागमा नगरपालिका, गाउँपलिका तथा उपमहानगपालिकाबाट आएका प्रतिनिधिहरुले आ आफ्ना विचार राखेका थिए । उनीहरुले दलितलाई डरेर होइन, लड्र अधिकार लिनुपर्ने सुझाएका छन् । संगठितभएमा मात्र दलित समुदायको अधिकार सुनिचित हुने भन्दै यस्ता कार्यक्रमको प्रशंसा गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि प्रदेश साँसद सुनिता मोचीले संविधानले दलितलाई दिएको अधिकारमा समेत विभेद रहेको भन्दै संविधानमा नै दलितलाई राज्यको हरेकतहमा आरक्षणको व्यवस्था उल्लेख हुनुपर्ने जिकिर गरिन् ।

कार्यक्रममा सप्तरीका तिरहुत गाउँपालिकाका उपाध्यक्ष तिर्थमाया खत्बे, सिरहा कजन्र्हा नगरपालिकाका मेयर गंगा पासमान, समता फाउण्डेशनका अध्यक्ष प्रदीप परियार लगायतका व्यक्तिहरुले विचार राखेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.