हुलाकी न्यूज, लहान ।  सिरहा जिल्लाका विभिन्न नगरपालिका तथा गाउँपालिकामा दलित तथा अति विपन्न परिवारका लागि यस वर्ष थप ८०० पक्की घर निर्माण गरिने भएको छ । 

सरकारले सञ्चालन गरेको जनता आवास कार्यक्रमअन्तर्गत चालु आर्थिक वर्ष ०७४÷०७५ मा दलित तथा अतिविपन्न परिवारका लागि ८०० आवास भवन (पक्की घर) निर्माण गरिने भएको हो ।

जिल्लाका स्थानीय तहका प्रमुख, राजनीतिक दलका प्रतिनिधिलगायतको बैठक बसेर जनता आवास घर निर्माणका लागि नगरपालिका र गाउँपालिका तथा घर संख्या टुङ्गयाइने शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय राजविराजका प्रमुख रमेश थिङले जानकारी दिनुभयो ।

यसअघि आव ०७३÷०७४ मा छनोट भएका सिरहाका विभिन्न नगरपालिका तथा गाउँपालिकामा एकहजार घर निर्माणको काम भइरहेको प्रमुख थिङले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.