सिरहामा गठबन्धनले प्रधानमन्त्री र गृहमन्त्रीको पुतला जलाइयो (भिडियो)


हुलाकी न्युज, सिरहा । स्वतन्त्र मधेस गठबन्धनले आफ्ना नेता र कार्यकर्तालाई गैरन्यायिक गिरफतारीको विरोधमा विभिन्न स्थानमा पुतला दहन गरेको छ ।

 
गठबन्धन समर्थकहरुले सिरहामा प्रधानमन्त्री र गृहमन्त्रीको पुतला दहन गरेको जनाएको छ । रौतहटमा गठबन्धनका संयोजक डा सिके राउत र सिरहामा गठबन्धनका १० जना कार्यकर्ताहरुको पक्राउको विरोधमा प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रामबहादुर थापाको पुतला दहन गरिएको गठबन्धनले जनाएको छ ।
 
स्वतन्त्र मधेस गठबन्धनका समर्थकहरुले सिरहाको ईटाटारमा प्रधानमन्त्री र गृहमन्त्रीको पुतला दहन गरेको छ ।
संयोजक राउतलाई जिल्ला अदालत रौतहटबाट तारेख लिएर फर्कने क्रममा प्रहरीले पक्राउ गरेको थियो । यता जिल्ला प्रशासन कार्यालय सिरहामा ज्ञापन पत्र बुझाउन गएका गठबन्धनका कार्यकर्तालाई आईतवार प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेकालाई विना शर्त रिहाईको माग गर्दै आफूहरुले प्रधानमन्त्री र गृहमन्त्रीको पुतला दहन गरेको गठबन्धनका रोशन कुमार यादवले बताए ।
 
सिरहामा प्रहरीले सतिला यादव, मनिस यादव, बालेशवर यादव, सुभलाल महतो, राजकुमार यादव, जितन यादब, ज्ञान कामती, पप्पु यादव, राजकुमार यादव र रामसुगन यादवलाई पक्राउ गरेको छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.