सिरहाको दुई ठाउँमा दिन्दहडै लाखौं लुटिए, दुई चोर महिला पक्राउ

हुलाकी न्युज, सिरहा । सिरहामा एकै दिनमा दुई ठाउँमा लाखौं लुटिएको र चोरी भएको छ । सिरहाको मिर्चैया नगरपालिका वडा नम्बर ३ मा बिहिवार दिउँसै करीब १२ बजे एक समुहले दिन्दहडै २५ लाख ६० हजार रुपैया एक मनी ट्रान्सफरका सञ्चालकबाट लुटिएको छ ।
 
सिरहाको कल्याणपुर नगरपालिका ११ स्थित सञ्चालनमा रहेको राजाराम सव मनी ट्रान्सफरका सञ्चालक राजाराम साहबाट रकम लुटिएको मिर्चैया प्रहरीले जनाएको छ।
 
मिर्चैया कल्याणपुर सडक-खण्डमा अन्तर्गत तिनगछिया स्थित दिउँसो १२ बजे ट्रान्सफरका सञ्चालक साह लुटिएका हुन्। मनी ट्रान्सफरका लागि सञ्चालक साह ग्लोबल आइएमई बैँक मिर्चैयाबाट पैसा लिएर मोटरसाइकलमा कल्याणपुर जाँदै गरेका बेला दुई मोटरसाईकलमा आएका चारजनाको एक समुहले दिन्दहाडै उक्त रकम लुटिएको हो । लुटेराको खोजी कार्य जारी रहेको मिर्चैयाका डीएसपी दीपेन्द्र साहले बताए ।
त्यस्तै, सिरहाको धनगढीमाइको मुख्य चौकमा रहेका एक म्याजिकबाट एक लाँख रुपैया चोरी भएपछी दुई महिलालाई प्रहरीले पक्राउ गरेका छन ।
बिहिवार दिउसो ४ बजे कर्जन्हा नगरपालिका वडा नं. ११ वस्ने राम कुमार यादब आफ्नो घर तर्फ जादै गर्दा एक लाँख रुपैया भएको झोला म्याजिकबाट चोरी भएको छ ।
 
चोरी भएपछी ईलाका प्रहरी कार्यालय धनगढीलाई खबर गरेका थिए । खबर पाए पछि ईलाका प्रहरी कार्यालय धनगढीले खोज तलास गर्ने क्रममा सिरहाको धनगढी वजारको मुख्य चौक देखी भवानीपुर जाने बाटो भाग्दै गरेको अवस्थामा दुई महिला चोरलाई पक्राउ परेका छन ।
 
पक्राउ पर्नेमा लहान नगरपालिका वडा नं. ३ वस्ने वर्ष २५ की फुलकुमारी मुसहर र निजकै १६ बर्षीय खुशबु मुसहर रहेको ईलाका प्रहरी कार्यालय लहानले जनाएका छन । पक्राउ परेका ती दुई महिलाहरु उपर आश्यक छानविन गरी कानून वमोजिम कारवाही गर्ने ईलाका प्रहरी कार्यालय लहानले बताए ।
SHARE

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.