गोलबजार व्यापार संघमा अग्रवाल प्यानल विजयी

हुलाकी न्युज, सिरहा । सिरहाको गोलबजार उद्योग व्यापार संद्यमा महासचिव बाहेक भरत अग्रवालको प्यानल विजयी भएको छ । गोलबजर उद्योग व्यापार संद्यको अध्यक्ष पदमा भरत अग्रवालले ९ सय ९८ मत प्रप्त गरेको छन् भने निकटतम प्रतिद्वन्दी जीबछ साहको ५ सय ७२ मत ल्याएका छन् । अग्रवाल ४ सय २६ मतले अध्यक्षमा विजय भएका छन् भने अग्रवाल प्यानलबाट प्रथम उपाअध्यक्षमा महेश साह ७ सय ७२ मत ल्याई ल्याएका छन भने निकटतम प्रतिद्वन्दी अशोक शाह ७६६ मत ल्याएका छन ।

प्रथम उपाअध्यक्षमा महेश साह ६ मतले वियज भएका छन् । द्वितिय उपाध्यक्षमा आनन्द कुमार यादवले ७ सय ९१ मतल्याई विजयी भएका छन् भने निकटतम प्रतिद्वन्दी रमेह कुमार श्रेष्ठले ७ सय ५६ मत ल्याएका छन् । द्वितिय उपाध्यक्षमा आनन्द कुमार यादवले ३५ मतले विजयी भएका छन । महासचिवमा राकेश साहले ६ सय ७३ मतका साथ विजयी भएका छन् । निकटतम प्रतिद्वन्दी सोहेव अनवरले ६ सय ६० मत ल्याएका छन् । महासचिवमा राकेश साहले १३ मतले विजयी भएका छन ।

कोषाअध्यक्षमा वियज कुमार साहले ९ सय ८ मत ल्याएका छन् भने निकटतम् प्रतिद्वन्दी विजय शाहले ६३६ मत ल्याएका छन । कोषाअध्यक्षमा विजय कुमार शाहले २७२ मतले विजयी भएका छन । सचिवमा अरुण कुमार सिंहले ८ सय मत ल्याएका छन भने निकटतम् प्रतिद्वन्दी सुशिल कुमार महतो ६ सय ८४ मत ल्याएका छन् । सचिवमा अरुण कुमार सिंहले ११६ मतले विजयी भएका छन । महिला सदस्यमा समृका देवी महतोको ६ सय ७१ मत ल्याएका छन् भने रेखा कुमारी तामाङ्गले ५ सय ७३ मत ल्याएका छन् । महिला सदस्यमा समृका देवी महतोले ९८ मतले विजयी भएका छन ।

सदस्यहरुमा कपिलदेव साह ८ साय १५, दिपेन्द्र कुमार रावत ६ सय ३३, रामकृपाल साद तेली ७ सय ९६, श्रीमति हिरादेवी यादव ७ सय ४९, अनिल कुमार लामा ७ सय ९६, दीनेश कुमार नायक ८ सय ४८ र बैजनाथ शर्माले ८ सय १६ मत ल्याई विजय भएका छन् । शुक्रवार भएको मतदानमा कुल १७ सय ६२ मतदाता मध्ये १६ सय ३ मतदान भएको थियो । जसमा २० मत बदर भएको निर्वाचन अधिकृत सुरेन्द्र सिंहले बताए ।

 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.