सिरहाका खान, जसले कलिउड तताउँदै


अर्कना खातुन, काठमाडौं । जसरी बलिउडमा खान अभिनेताहरु आफ्ना जादुमय अभिनयले सबैका मनमा बस्न सफल भएका छन्, त्यसरी नै कलिउडलाई एक खानले तताएका छन् । सिरहाको चोहर्वामा जन्मेका हुसेन राजा खान अहिले नेपाली चलचित्रहरुमा निकै चर्चित बनेका छन् । एचआरके भन्छन्, ‘सलमान खान नै त बन्न सकिन्न तर उनकै मार्गमा हिड्ने प्रयासमा छु ।’ खान भन्छन्,‘बैदेशिक रोजगारीमा दुवईसहित केही खाडी मुलुक गए । फर्केर नेपाली चलचित्र क्षेत्रमा लागेका छन् ।’

‘सलमान खान नै त बन्न सकिन्न तर उनकै मार्गमा हिड्ने प्रयासमा छु ।’

खान डा.अन्सार र आसियाका आठ जनामध्ये तेश्रो छोरा खान भन्छन, ‘मेरो बुवा डाक्टर हुनुहुन्छ भने आमा गृहिणी । म एभरेज परिवारबाट हुँ । मेरो बुवाको सिरहा मै सानो क्लिनिक छ । मेरा बुवा आमा घर परिवार तथा गाउँ समाजले मलाई लिएर कहिल्यै पनि गर्व गरेनन् । म र मेरो साथी रुस्तम चाहिने भन्दा बेसि बदमास थियौ सानो छँदा ।’

संसारमा इङगलिस भाषा पनि छ भने था नै थिएन
‘मेरो बदमासीकै कारण मलाई घरभन्दा टाढा जल्पापुर भुटाहाको मदर्शामा बस्न र पढ्न पठाउनु भयो । बुवा आमाको इच्छा मलाई मौलाना बनाउने । तर म ठिक उल्टो । मलाई मौलानामा कुनै रहर थिएन तर पनि करले १४ वर्ष सम्म मदर्शामै पढे । १४ वर्षसम्म मलाई नेपाली पनि आउँदैन थियो । यो संसारमा इङगलिस भाषा पनि छ भने था नै थिएन ।’

मलाई मौलानामा कुनै रहर थिएन तर पनि करले १४ वर्ष सम्म मदर्शामै पढे । १४ वर्षसम्म मलाई नेपाली पनि आउँदैन थियो ।

मदर्शा नगई दूई चार जना साथी बटुल्दै गाँउ डुल्थे । केहि भए कि सानै निहुमा फाईट नै गर्थे । ज्याङगो लुक सबको नाकमै दम गरेर राख्थे । घरमा पिटाइ खाए पछि घर बाहिर कहिले रुखमा चढेर सुत्थे । रुखबाट पनि कति लडे लडे । एक पल्ट त हस्पिटलाइज हुने गरी हातै भाचियो राती रुखमा सुत्दा । तर पनि फेरी उस्तै । बुवा सधै म देखि लज्जित तर अफु चाहि त्याको दादा नै । साथीहरुसँग मिलेर कुखुराहरु पनि चोर्थे ।

पैसा चोरेर फिल्म हेर्न जान्थे
मौलाना त परै जाओस् । म फिल्मको खुब सौखिन थिए । कति पल्ट त घरबाट पैसा चोरेर अनि ईदमा पाएको इदी जम्मा गरेर म र मेरो साथी फिल्म हेर्न जान्थ्यौ । चोर्न पनि के के चोरे होला त्यो बेला । सिनेमा हल निकै टाढा थियो । बल्ल तल्ल चोरेको पैसा तर बसको भाडा तिर्न नपुग्ने । हामी बस कहिले गुड्ला र पछाडि झुन्डिएर जाम्ला भनि कुथ्र्यौ । घर फर्कँदा त सबले बुवा आमा माझ कुरा लाउन भ्याइ सकेका हुँथे ।

बल्ल तल्ल चोरेको पैसा तर बसको भाडा तिर्न नपुग्ने । हामी बस कहिले गुड्ला र पछाडि झुन्डिएर जाम्ला भनि कुथ्र्यौ । बुवाको गाली आमाको पिटाइ त कति खाइयो कति । तर फेरी भोलीबाट उस्तै ताल । मेरो झै झगडाले गर्दा गाउँमा पञ्चायत नै बस्थ्यो । 

मदर्शा पछि स्कूल जान्थे । तर धेरै जसो स्कूल जाने बेला व्याग कतै लुकाउँथ्यौ र स्कूल टाइममा फिल्म हेर्न जान्थ्यौ । चोरेको र यस्तो गरेको घरमा था पाउँनु भयो । तर मेरो खुब मिल्ने साथी वकिल जसले सधै मेरो बचाउँ गथ्र्यो । अहिले पनि म गाउँ गएको बेला उँ र मसँगै हुन्छौ । बुवाको गाली आमाको पिटाइ त कति खाइयो कति । तर फेरी भोलीबाट उस्तै ताल । मेरो झै झगडाले गर्दा गाउँमा पञ्चायत नै बस्थ्यो । गाउँका सबै मदेखि हैरान ।

उमरे बढाएर बैदेशिक रोजगारमा गए

गाउँको बदमास केटोलाई बाहिर पठाउँने सुनेर त घरका व्यक्तिभन्दा पनि गाउँलेहरु अति खुसी । तर मेरो उमेर कम थियो । १९ वर्ष बनाएर पठाए ।

मधेशका अधिकांश जिल्लाका युवाहरुले उमेर बढाएर अहिले पनि बैदेशिक रोजगारमा जाने गरेका छन् । त्यही मध्येका एक हुन् हसन राजा खान । उनका बुबा आमाले पनि उनको उमेर बढाएर विदेश पठाएछ, पैसा कमाउन । उनी भन्छन्, ‘घरमा कुरो भयो अब यसरी भएन यसलाई बाहिर काममा पठाउँनु पर्यो । गाउँको बदमास केटोलाई बाहिर पठाउँने सुनेर त घरका व्यक्तिभन्दा पनि गाउँलेहरु अति खुसी । तर मेरो उमेर कम थियो । १९ वर्ष बनाएर पठाए । गाउँलेले बुवालाई भने यसलाई बाहिर पठाएर नि केही हुनेवाला छैन् । यो केटो त्याबाट पनि भाग्छ । पैसा मात्र नास गरेर फर्किन्छ । गाउँलेको त्यो कुराले साह्रै चित्त दुख्यो र त्यहि कुराले गर्दा म त्यहाँ टिक्न सके । त्यहि गएर बाहिरको लाइफ देखे । तर आफुलाई था नै थिएन मलाई के कामको लागि पठाइएको थियो ।’

मोडलिङमा छिर्दा

Don’t fight with the religions fight with the right reason, we all are human being we need to unite together.

नेपाल फर्के पछि मेरो एक जना साथी जसलाई मैले दुबइमा भेटेको थिए उसलाई भेटे । उसले याहा मोडलिङ एजेन्सी खालेको थियो । उसँगै हिन्थे । अरु साथीहरुले भन्न थाले मोडलिङ गर । तर म लजाउँथे । ट्राइ गरे । उसँगै हुँदाहुँदै मैले २००९ तिर केहि मिडियाकर्मीसँग भेटे । सुभ्रत आचार्य कान्तिपुरमा जर्नलिस्ट हुनुहुन्थ्यो । उनले भन्नुभो मिस्टर राजधानी हुन्दैछ तिमी पनि गर । २००९ मै मैले पनि पार्टिसिपेट गरे । जिते पनि । Don’t fight with the religions fight with the right reason, we all are human being we need to unite together. यो लाईन सबैले मन पराए । र २००९ को मिस्टर राजधानी टाइटल होल्ड गरे ।

नेपाली फिल्ममा मेरो इन्ट्रि

त्यसलगतै मलाई दिनेस डिसीको फोन आयो । उनले भने, भुवन केसीले साथी म तिम्रो फिल्म बनाउँदै हुनुहुन्छ काम गर्छौ । गए अडिसन दिए । त्यसमा रेखा थापाको अपोजिट गेस्ट रोलको क्यारेक्टर गरे । अनी त्यसरी नै मिडियामा सबैलाई चिनजान गर्न थाले । तर परिवारले चाहि तेरो यो काम होईन । नगर भन्नु भयो । जुन गर्दै छस् त्यो नै ठिक छ । मैले भने सबैको लागि सब थोक गरे अब आफ्नो लागि पनि केहि त गर्न दिनुस् । ठूलो दाईले सपोर्ट गर्नुभो । २०१० मा मैले मेरो बर्डे फस्ट जेनवरिमा आर्य सिङदेलसँग भेटे । उसँग भेटे पछि हामी राम्रो साथी बन्यौ । उसँग नै अरु मिडिया पर्सनलाई भेटे ।

‘यू आर खान, यू आर इन्डियन भन्ने कन्सेप्ट हटाउँनु थियो’

नेपालमै भएका मुस्लिमहरुलाई पनि अरुले नेपाली मुस्लिम होईन सरह गर्थे । भारत, पाकिस्तानका मुस्लिम हो भन्थे । धेरैलाई था थिएन नेपाली मुस्लिमहरु पनि छन् ।

नेपालमै भएका मुस्लिमहरुलाई पनि अरुले नेपाली मुस्लिम होईन सरह गर्थे । भारत, पाकिस्तानका मुस्लिम हो भन्थे । धेरैलाई था थिएन नेपाली मुस्लिमहरु पनि छन् । अनी सोचे अलिक फरक किसिमको फिल्म बनाउँछु । अनि अलविदाको स्क्रिपट आफै तयार गरे । मुस्लिम बेस्ड मुभी । आफ्नै गाउँबाट सुटिङ थाले । जसमा आफु हिन्दु र आर्यलाई मुस्लिमको रोल दिए । बनाए । हलमा चल्यो पनि । फिल्म राम्रै बन्यो । सबै परिवार हलमै गएर हेरे । खुसी भए । तर त्यो बेला संविधान जारी भएकोले सोच्या जस्तो रकम उठेन ।

लसमा गएपछि मिडियामा बनेका क्लोज साथी सबैले साथ छोडे । त्यस बेला मान्छेहरुलाई राम्ररी चिने । संसार स्वार्थी छ थाहा भयो । मैले अलबिदाबाट बेस्ट डेब्यू एक्टरको एबर्ड पनि पाए । मैले हार मानिन् । फेरी अर्को मुभीको सोच आयो । रोमियोको सोच आयो । रोमियो टिम बनाए ।

मैले रोमियोको बारे सोध्न खाज्दा एच.आर.केले हलमा गएर हेर्नुस् भनि रिक्यूएस्ट गरेर नेपाली दर्शकलाई पनि हलसम्म गएर रोमियो टिमको परिश्रमको कदर गर्दिन आग्रह गर्दै आफ्नो कुरा टुङ्याए ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.