‘सिम्रौनगढ अन्तर्राष्ट्रिय सम्मेलन’ हुँदै


हुलाकी न्यूज काठमाडौंः
मधेशको एतिहासिक स्थल मध्येको एक सिम्रौनगढमा पहिलो ‘सिम्रौनगढ अन्तर्राष्ट्रिय सम्मेलन’ हुँदैछ।

बाराको सिम्रौनगढ मै जेठ ४ र ५ गते सम्मेलन हुन लागेको हो। मधेशको एतिहासिक धरोहर सिम्रौनगढको अध्ययन अनुसन्धान तथा प्रचारप्रसारका लागि सम्मेलनको आयोजना गर्न लागिएको आयोजकले जनाएको छ।

तराई–मधेश राष्ट्रिय परिषद र सिम्रौनगढ नगरपालिकाले संयुक्त रुपमा सम्मेलनको आयोजना गरेको हो।

मधेश मानव अधिकार (मधुर) अमेरिकालगायतका संघ–संस्थाले सम्मेलनलाई सहयोग गरेको छ।

सम्मेलनमा करिब १५ जना वक्ताले सिम्रौनगढका विषयमा चर्चा गर्नेछन्।

थप जानकारीका लागि यो लिंकमा जानु होला।

https://simroungarh.wixsite.com/simrounconf2018

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.