सर्लाही । गोडैता नगरपालिकाका मेयर उम्मेदवार, प्रसिद्ध समाजसेवी एवं सर्लाही जिल्ला नेपाल कम्युनिस्ट पार्टी कार्य समिति सदस्य अनिता देवीले मुस्लिमको रमजान रोजामा गरिब मुस्लिम परिवारलाई ईफ्तारी वितरण गरी सामाजिक सद्भावको उत्तम उदाहरण दिएकी छन् ।

कोरोना महामारीले गर्दा लगातार बन्दाबन्दीलाई मध्यनजर गरी गरिब, असहाय मुस्लिम परिवारले आफ्नो धार्मिक रोजा विना बाधा सफल गरुन् उद्देश्यका साथ नगरपालिकाको सबै मुस्लिम बाहुल्य वडामा ईफ्तारी खाद्यान्न वितरण गरिएको हो ।

नेपाल बंग्लादेश मेडिकल वेल्फेयर सोसाईटीको सहकार्यमा यो वितरण कार्यक्रम गरिएको सोसाईटीका अध्यक्ष रजनिश अधिकारीले जानकारी दिए ।

समाजसेवी एव नेतृ अनिता देवीले विपद परेको बेला आफ्नो नगरवासीलाई सहयोग गर्न आफू सधैं तयार रहेको वाचा समेत गरेकी छन् ।

योसँगै कोरोना महामारीमा घरभित्रै बसेर धार्मिक कार्य गर्न, अति आवश्यक कार्य बाहेक बाहिर ननिस्की बन्दाबन्दी पालन गर्न सबैमा अनुरोध गरिन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.