काठमाडौं । सामाजिक सञ्जालमा कोरोना भाइरसबारे अडियो भाइरल बनाउनेबारे नेपाल प्रहरीले अनुसन्धान गरिरहेको छ ।

कोरोना भाइरस नेपालमा भित्रिइसकेको र फैलिरहेको भनेर सामाजिक सन्जालमा अडियो भाइरल भएको छ । भाइरल भइरहेको एक अडियोको विषयमा नेपाल प्रहरीले अनुसन्धान थालेको हो ।

हाल सामाजिक सन्जालमा भाइरल भइरहेको एक अडियो क्लिपमा एक व्यक्तिले नेपालमा कोरोना भाइरस भित्रिइसकेको भनेका छन् ।

प्रहरीको साइबर व्यूरोले अनुसन्धान थालेको जनाइएको छ । प्रहरी स्रोतका अनुसार प्रहरी प्रधान कार्यालयले अनुसन्धान गर्न भनेर निर्देशन दिएको थियो, त्यसपछि यो अफवाहको बारेमा अनुसन्धान सुरु भएको छ ।

यस्ता गलत हल्ला फैलाउने व्यक्तिलाई कारबाही हुने चेतावनी यसअघि दिइसकेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.