हुलाकी न्यूज, काठमाडौँ । साताको पहिलो दिन आज सुनचाँदीको मूल्यमा वृद्धि भएको छ । शुक्रबार प्रति तोला ५५ हजार ६ सयमा कारोबार भइरहेको छापावाला सुन आज ४ सयले बढेर ५६ हजार मुल्यमा कारोबार भइरहेको छ ।
यस्तै, गरि चाँदीको मूल्य १० रुपैयाँ बढेर प्रति तोला ७ सय ६० रुपैयाँमा कारोबार भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले आज आइतबार प्रति १० ग्राम छापावाला सुन मूल्य ४८ हजार १० रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चांदीको मूल्य ६ सय ५१ रुपैयाँ ५ पैसा कायम बताएको छ।