काठमाडौं । गैरआवासीय मधेशी संघ साउदी अरब शाखाले साउदी दमाममा फसेका आठ जना मधेशी कामदारहरूलाई १५ दिनसम्म पुग्ने राहत वितरण गरेको छ ।

ती कामदारहरूले विगत चार महिनादेखि तलब नपाएको र कम्पनीका मालिक सम्पर्कविहीन रहेको गुनासो समेत राखेको र आफुहरूलाई कुनै पनि संघसंस्थाले सहयोग नगरेकोले अहिलेसम्म बाकाला (किराना) पसलबाट उधारो खाँदै आएको दुःखेसो पोखे ।

शुक्रबार गैरआवासीय मधेशी संघ साउदी अरबको टिमले ती पीडित कामदारहरूलाई १५–२० दिन पुग्ने खानेकुराहरु उपलब्ध गराएको छ ।

उक्त राहत त्यस संस्थाको उपाध्यक्ष रामसरूप मण्डलको व्यक्तिगत सहयोग र अध्यक्ष निर्मल मण्डल, सह अधिकारी उपेन्द्र, गरभु महरा र यायुब कबारीको संयुक्त पहलमा राहत वितरणको काम सम्पन्न भएको छ ।

अध्यक्ष मण्डलका अनुसार साउदी अरबमा हजारौं त्यस्ता कामदारहरू फसेको छ र दिनहुं सयौ फोन उद्दार गर्नु भनेर आउने गरेको छ । प्रवासमा अहिले कोरोनाको कारण कम्पनीबाट विस्थापित हुनेहरूको संख्या बृद्धि हुँदै गइरहेको छ । नेपाल सरकार र नेपाली राजदूतावासले अझैं पीडितसम्म पुग्न सकिरहेको छैन ।

अहिलेको यो विकराल अवस्थामा गैरआवासीय मधेशी संघ हरेक देशमा समन्वय गर्ने प्रयासमा रहेको र स्वदेश फर्केकाहरूका लागि स्वरोजगार योजनाको बारेमा बृहत छलफलमा रहेको जनाइएको छ ।

गैरआवासीय मधेशी संघ अंतर्राष्ट्रिय समितिका अध्यक्ष बसन्त कुशवाहाले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.