हुलाकी न्यूजः सर्लाहीका सरकारी कार्यालयहरु चार महिनापछि सोमबार देखि संचालनमा आएको छ । जिल्ला संकट व्यवस्थापन केन्द्रको आईतबार बसेको बैठकले सुरक्षा सतर्कताका साथ कार्यालय संचालन गर्ने निर्णय गरेको हो ।

लकडाउन जारी भएको ११ चैतपछि सोमबारबाट सर्लाहीका कार्यालयहरु संचालनमा आएका छन् सरकारले असार १ गतेबाट लकडाउन खुकुलो बनाएसँगै अन्य जिल्लाका सरकारी कार्यालयहरु संचालनमा आएपनि सर्लाही जिल्लामा कोरोना संक्रमितको संख्या बढ्दै जाँदा कार्यालयहरु खोलिएको थिएन् । शनिबारसम्म सर्लाही जिल्लामा ६ सय ३५ जना संक्रमित देखिएका छन् ।

सर्लाहीका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले सोमवारदेखि जिल्ला प्रशासन, मालपोत, भूमीसुधारसहितका कार्यालयबाट सेवा प्रवाह गरिने निर्णय भएको बताउनु भयो । बढी भींडभाड नहोस् भन्नका लागि प्रत्येक स्थानीय तहका लागि दिन निर्धारण गरेर सेवा प्रवाह गर्ने निर्णय गरिएको छ ।
उहाँले सर्लाहीको कुल २० वटा स्थानीय तहमध्ये १६ वटा स्थानीय तहका जनताको सेवा प्रवाह सदरमुकाम मलंगवाबाट र बाँकी चार स्थानीय तहको हरिवन र बरहथवास्थित कार्यालयबाट गरिने समेत जानकारी दिनु भयो ।

प्रमुख जिल्ला अधिकारी जिसीले आईतबार सदरमुकाम मलंगवा नगरपालिका र ब्रहमपुरी गाउँपालिका, सोमबार हरिपूर्वा नगरपालिका, चन्द्रनगर गाउँपालिका र पर्सा गाउँपालिका, मंगलबार बलरा नगरपालिका, धनकौल गाउँपालिका र रामनगर गाउँपालिका, बुधबार बिष्णु गाउँपालिका, चक्रघटा गाउँपालिका र कविलासी नगरपालिका, बिहीबार कौडेना गाउँपालिका, गोडैता नगरपालिका र बसबरिया गाउँपालिका तथा शुक्रबार इश्वरपुर र हरिपुर नगरपालिकाका बासिन्दालाई सेवा दिइने बताउनु भयो ।

अन्य कार्यालयहरु सोमवारदेखि खुलेपनि कोष लेखा नियन्त्रण कार्यालय र बैंकहरु नियमित रुपमा सेवा प्रवाहगर्दै आएका छन् । विकास निर्माण सम्बन्धी कार्यहरु धमाधम भइरहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.