सरोज यादव : राज्यमन्त्रीदेखि सभामुखसम्म


हुलाकी न्यूज, जनकपुरधाम ।
पूर्व राज्यमन्त्री सरोज कुमार यादव दुई नम्बर प्रदेशको सभामुख निर्वाचित भएका छन् ।

मधेशवादी राजनीतिमा लामो समय विताएका यादव राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको तर्फाबाट दुई नम्बर प्रदेशको सभामुखमा निर्विरोध निर्वाचित भएका छन् ।

मंगलबार दुई बजेसम्म तोकिएको समयअवधिमा यादवले मात्र उम्मेदवारी दर्ता गराएको दुई नम्बर प्रदेश संसद सचिवालयका सचिव वंशीराज पौडेलले बताए ।

अरु कसैले उम्मेदवारी दर्ता नराएपछि यादव निर्विरोध भएका हुन् । तर औपचारिकता भने बुधबार मात्र पुरा हुनेछ ।

संघीय समाजवादी फोरम नेपाल र राजपाले प्रदेश सरकार तथा सभामुख र उपसभामुखको पद बाँडफाँड गरेका छन् ।

बाराबाट प्रदेश सभामा निर्वाचित यादव यसअघि दुई पटक राज्यमन्त्री भइसकेका छन् ।

राजेन्द्र महतो नेतृत्वको तत्कालिन सद्भावना पार्टीका महासचिवसमेत रहेका यादव सोही पार्टीबाट उद्योग राज्यमन्त्री र स्वास्थ्य राज्यमन्त्री भएका थिए ।

SHARE

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.