काठमाडौं । कम्युनिष्ट नेतृत्वको सरकारविरुद्ध लोकतन्त्रवादी शक्तिहरु एकताबद्ध भई संघर्ष गर्ने निर्णय गरिएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सरकारविरुद्ध संयुक्त संघर्ष गर्ने सहमति गरेका छन् ।

सोमबार कांग्रेस केन्द्रीय कार्यालय सानेपामा तीन दलबीच भएको छलफलले संयुक्त रुपमा संघर्ष गर्ने निर्णय गरेको हो ।

तीनै दलले जारी गरेको संयुक्त वक्तव्यमा सरकार लोकतान्त्रिक मूल्यमान्यतालाई कुल्चिँदै स्वेच्छाचारी भएकाले संयुक्त संघर्ष गर्ने प्रतिबद्धता जनाएका छन् ।

जसपा सांसद डा.सुरेन्द्र यादवको अपहरण प्रकरणमा संलग्नलाई कारबाहीको माग गर्नुका साथै लकडाउन अवधिमा जनताको आवश्यकता पूर्ति गर्न र कोरोना परीक्षण प्रक्रिया तीव्र बनाउन माग गरेको छ ।

बैठकमा कांग्रेसका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि र विजय गच्छदारलगायत नेता सहभागी थिए भने जसपाबाट महन्थ ठाकुर, डा.बाबुराम भट्टराई, उपेन्द्र यादव र राजेन्द्र महतो तथा राप्रपाबाट प्रकाशचन्द्र लोहनी सहभागी थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.