काठमाडौं, २५ चैत । नेपाली कांग्रेसले कोरोना भाइरसको जाखिम न्यूनीकरणका लागि सरकार गम्भीर नभएको आरोप लगाएको छ ।

कोरोना भाइरस संक्रमणले विश्वभर महामारीको रूप लिइरहेको समयमा सबै राजनीतिक दललाई विश्वासमा लिएर सरकार अघि बढ्न नसकेको कांग्रेसको आरोप छ ।

मंगलबार कांग्रेस पदाधिकारी बैठकमा सभापति शेरबहादुर देउवाले आफूले राष्ट्रिय सहमतिका लागि पहल गरेपनि प्रधानमन्त्री केपी शर्मा ओलीले सहमतिका साथ अगाडि बढ्ने तत्परता नदेखाएको बताउनुभएको हो ।

यसैबीच प्रमुख प्रतिपक्ष दलको परामर्शबिना संसद अधिवेशनसमेत सरकारले एकलौटी रूपमा अन्त्य गरेकोप्रति कांग्रेसले असन्तुष्टि जनाएको थियो ।

कोरोना संक्रमणबाट देश र जनतालाई बचाउनका लागि सरकार आफैले राजनीतिक दल र सरोकारवालाहरूलाई विश्वासमा लिएर अगाडि बढ्नुपर्ने सभापति देउवाको भनाइ छ ।

त्यस्तै स्वास्थ्यकर्मीको सुरक्षाका लागि अहिलेसम्म पीपीई उपलब्ध भइनसक्नु लज्जाको विषय रहेको कांग्रेसको ठहर छ । लकडाउनपछि कांग्रेसले पहिलो पटक पदाधिकारी बैठक राखेको हो । बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल भने अनुपस्थित थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.