हुलाकी न्यूज, जलेश्वर : समाजवादी युवा संघ महोत्तरीका अध्यक्ष राहुलकुमार पाण्डे स्वास्थय सामाग्री वितरणमा सक्रियता देखाएका छन्।

अध्यक्ष पाण्डेले जिल्लाका विभिन्न स्थानीय निकायहरुमा स्वास्थ्य सामाग्री उपलब्ध गराएको जनाएका हुन्।

महोत्तरीको पिपरा गाउँपालिकामा करिब ४ हजार मास्क र सावुन वितरण गरेका पाण्डेले जलेश्वर नगरपालिकामा करिब २ हजार मास्क वितरण गरेको जनाएका छन्।

यसैगरी, महोत्तरीकै नेता सरोजसिंह कुशवाहा, सांसद डा.सुरेन्द्र यादव, समाजवादी पार्टीका महोत्तरी जिल्ला अध्यक्ष र औरही गाउँपालिकामा समेत उनले मास्क उपलब्ध गराएको बताए।

जनकपुरको असहाय संरक्षण केन्द्र र जनकपुर युथ क्लवलगायतलाई स्वास्थ्य सामाग्री उपलब्ध गराउनुका साथै काठमाडौंस्थित पार्टी कार्यालयमा पनि राहतका लागि रकम उपलब्ध गराएको जानकारी दिए।

अध्यक्ष पाण्डेले कोरोना महामारीका बेला थप राहत वितरणको कार्यक्रम रहेको सुनाए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.