समाजवादीका सांसद स्वतन्त्र तिब्बत पक्षधरको कार्यक्रममा सहभागी, कारबाही गर्ने चेतावनी

हुलाकी न्यूज, काठमाडौं । नवगठित समाजवादी पार्टीका प्रतिनिधिसभा सदस्य प्रदीप यादव पार्टीले स्वतन्त्र तिब्बत पक्षधरहरुको कार्यक्रममा सहभागी भएको खुलेको छ ।

पार्टीलाई समेत जानकारी नदिई लाटभियामा भएको स्वतन्त्र तिब्बत पक्षधर सांसदहरुको कार्यक्रममा समाजवादीका सांसद यादव सहभागी भएका थिए ।

समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले बुधबार एक विज्ञप्ति जारी सांसद यादवको सहभगिताबारे पार्टीलाई कुनै जानकारी नभएको स्पष्ट पारेका छन् ।

अध्यक्ष यादवले आफ्नो पार्टी एक चीन नीतिप्रति प्रतिबद्ध रहेको प्रष्ट्याएका छन् । उनले विज्ञप्ति जारी गर्दै यादवले दिएको स्पष्टीकरण चित्तबुझ्दो नभए अनुशासनको कारबाही गर्ने समेत बताएका छन् ।

समाजवादी पार्टीले विवादास्पद भ्रमणका क्रममा सांसद यादवले राखेको धारणाले पार्टीको विचारको प्रतिनिधित्व नगर्ने समेत प्रष्ट पारेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.