हुलाकी न्यूजः नेपाल सरकारले सब भन्दा बढी आफनो नागरिक रहेको देशहरुमा उद्धार उडानलाई प्राथमिकता दिने भएको छ । कोभिड १९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) निर्देशक समितिले धेरै संख्यामा नेपाली रहेका देशहरुमा उद्धार उडानलाई प्राथमिकता दिने निणर्य गरेको हो ।

आइतबार सिंहदरबारमा बसेको सीसीएमसीको बैठकले धेरै श्रमिकलाई उद्धार गर्न बाँकी रहेका देशहरुबाट श्रमिकहरुलाई ल्याउन हवाई उडानलाई प्राथमिकता दिने निणर्य गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव महेन्द्रप्रसाद गुरागाईंले जानकारी दिनुभयो ।

अहिले खाडीका देश र मलेसियामा हजारौं श्रमिक स्वदेश फर्कने दिन कुरिरहेका छन् । खाडीका देश, यूएई, कतार, साउदी, कुवेत, बहराइन, ओमान र मलेसियाबाट मात्रै स्वदेश फर्कन खोज्ने नेपालीको सङ्ख्या झण्डै एक लाख छ ।

यी देशबाट दिनहुँजसो नेपाली स्वदेश आइरहेका छन् । तर स्वदेश फर्कन दूतावासको प्राथमिकताको सूचीमा परे पनि जहाजको टिकट नपाइएको धेरैको गुनासो छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.