एजेन्सी, २० वैशाख । उत्तर कोरियाका सर्वोच्च नेता किम जोन ऊन झण्डै २० दिनपछि पहिलोपटक सार्वजनिक भएका छन् ।

स्वास्थ्य अवस्था बिग्रिएको र गम्भीर अवस्थामा रहेको भनेर केही दिनदेखि चलिरहेको अडकलबाजीलाई गलत सावित गर्दै उनी शनिबार सार्वजनिक भएका हुन् । दक्षिण कोरियाको राज्यद्धारा सञ्चालित योन्हाप समाचार संस्थाकाअनुसार उनी यसअघि गत अप्रिल ११ तारिखदेखि सार्वजनिक भएका थिएनन् ।

उनी दक्षिणी प्योङगान प्रान्तको सुन्चोनमा भएको एक कार्यक्रममा सहभागी भएका थिए । यस बीचमा दक्षिण कोरियाका अधिकारीहरूले किम गम्भीर बिरामी रहेको दाबी गरेको समाचारहरू पटक पटक सार्वजनिक गरेका थिए । उनका आफ्ना हजुरबुवाको जम्मोत्सव समारोहमा उनको अनुपस्थितिलाई आधार मानेर उनी अस्वस्थ भएको दाबी गरिएको थियो ।

उनको स्वास्थ्यको विषयमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि पटक पटक प्रतिक्रिया दिँदै चासो देखाएका थिए । ट्रम्पले किम आफ्नो मित्र भएको र सम्बन्ध राम्रो हँुदै गएको दाबी गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.