सप्तरीमा मिनि बस दुर्घटना, आधा दर्जन घाइते

हुलाकी न्युज, सप्तरी । सप्तरीको शम्भुनाथ नगरपालिका ७ स्थित पूर्वपश्चिम राजमार्ग अन्तर्गत कठौना सडक खण्डमा आज सोमबार बिहान ओभर टेक गर्दा मिनि बस दुर्घटना भएको छ । दुई लेनको सडक खण्डमा गाडीको चाप रहेको र ओभर टेक गर्न खोज्दा सप्तरीको कठौनामा अनियन्त्रित भइ दुर्घटना भएको हो ।

सुनसरीको चतराबाट काठमाडाैं हिँडेको बा ४ ख ४४७० नम्बरको बसमा सभा आधा दर्जन यात्रुहरु घाइते भएका छन । घाइते मध्ये एक जनाको अवस्था चिन्ताजनक रहेको छ ।

घाइतेमा पर्नेहरु सुनसरीको सन्तोष लिम्बु,लिला दाहाल,सिता राउत, जानुका वास्तोला र काभ्रेका दिपक राई घाइते भएका छ्न । घाइते सबैलाई स्थानीय अस्पताल तथा सिरहाको लाहानमा उपचार भईरहेको छ ।

यता बसमा रहेका चालक तथा सह चालक फरार रहेको र उनिहरुको खोजी भईरहेको सप्तरी प्रहरीले बताएका छन ।

SHARE

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.