सप्तरीमा बस दुर्घटना हुँदा १३ जना घाइते

हुलाकी न्युज, सप्तरी । सप्तरीमा बस दुर्घटना हुँदा १३ जना घाइते भएका छन । सप्तरीमा काठमाडौंबाट काँकडभिट्टातर्फ जाँदै गरेको ना. ६ ख ३१८९ नम्बरको यात्रुबाहक बस आइतबार बिहान दुर्घटना भएको छ । सप्तरीको अग्निसाइर कृष्णसवरण गाउँपालिका ५ बकधुवास्थित महुली पुलमा आइतबार बिहान भएको यात्रुबाहक बस दुर्घटना हुँदा चालकसहित १३ जना घाइते भएका छन्।

सप्तरीको पूर्व पश्चिम सडकको जिल्ला पूर्व पश्चिम सडकको बकधुवास्थित महुली पुलमा काठमाडौंबाट काँकडभिट्टातर्फ जाँदै गरेको ना. ६ ख ३१८९ नम्बरको फिफा डिलक्स बस बिहान करिब पौने ६ बजेतिर पुलबाट नौ फिट तल खसेर दुर्घटना भएको हो। बसमा चालकसहित २४ जना रहेका यात्रुु रहेकोे थियो ।
दुर्घटनामा सबैभन्दा बढी झापाका नौ जना, पाँचथरका दुई, सुनसरीका एक र सिन्धुलीका बस चालकसहित १३ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ। यता घाइतेहरुको महुलीस्थित सिटीकेयर अस्पताल र धर्मेश्वर अस्पतालमा उपचार भइरहेको छ।

SHARE

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.