सप्तरीमा आवाधिक योजना २ दिने कार्यशाला गोष्ठी शुरु

हुलाकी न्युज, सप्तरी । नेपाल सरकार तथा बेलायत सरकारको सहयोगमा संचालित सामुदायिक विकास कार्यक्रम ( सिडिपि ) अन्तर्गत सप्तरीको कञ्चनरुप नगरपालिकाको आयोजना तथा विश्व खाद्य कार्यक्रम ( WFP ) को प्राविधिक सहयोगमा आइतबार अन्नपूर्ण बहुमुखी क्याम्पस कञ्चनपुरमा कञ्चनरुप नगरपालिकाको अवाधिक योजना तर्जुमा २ दिने कार्यशाला गोष्ठी शुरु भएको छ ।

सो कार्यक्रममा बोल्दै नगर प्रमुख बसन्त कुमारले शिक्षा , स्वास्थ्य , पूर्वाधार , कृषि पर्यटन र रोजगार स्वच्छ हराभरा सुन्दर समावेशी समृद्ध कञ्चनरुप नगर भन्ने परिकल्पनालाई साकार पार्न मौरी को एकता जस्तै नगरवासिको एकता कायम गरी नगरलाई राम्रो तथा नमूना बनाउन आवश्यक रहेको बताउदै भ्रष्टाचारलाई अन्त्य गर्दै सुशासनलाई कायम गरि शान्ति सुरक्षा लाई राम्रो बनाउनु पर्ने बताए ।

त्यस्तै उपप्रमुख निरु पोखरेलले नगरपालिकालाई सप्तरी कै नमूना बनाई विकासका कामलाई छिटो र छरितो तरिकाले अगाडि बढाउनुपर्ने बताइन् ।

प्रमुख प्रशासकीय अधिकृत अम्बिका प्रसाद चौलागाईंले समृद्ध नगर सुखी नगरबासि बनाउन सम्पूर्ण सरोकारवालाहरु एकजुट भएर अगाडि बढाउनुपर्ने बताए ।

SHARE

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.