सप्तरी, १७ वैशाख । सप्तरीको सुरुङ्गा नगरपालिकामा आगलागी हुँदा ६ घर जलेका छन् । आगलागीमा परी एक जना बालक घाइतेसमेत भएका छन् ।

सुरुङ्गा नगरपालिका वडा नम्बर ३ का हरी मण्डलको घरबाट आगलागी सुरु भएको हो । आगलागीमा परी बद्री मण्डलका ३ वर्षीय छोरा कृष्णा जलेर घाइते भएका छन् । घरमा खेलिरहेको अवस्थामा आगलागी हुँदा उनको टाउको, दुबै हात र एउटा खुट्टा जलेको छ ।

उनलाई उपचारका लागि लहान लगिएको प्रहरीले जनाएको छ । आगलागीबाट अन्न, नगद तथा गरगहना जलेका छन् । क्षतिको यकिन विवरण आउन बाँकी छ । स्थानीय बासिन्दा, दमकल र प्रहरीले आगलागी नियन्त्रणमा लिएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.