सप्तरीः बाढी पिडीतको व्यवस्थापन गर(सम्पादकीय)

वर्षा याममा प्रत्येक वर्ष मधेशका अधिकांश जिल्लाहरु डुबानमा पर्ने गरेका छन् । कोशी, कमला, बलान, नारायणीलगायतका नदीहरुबाट त्यस आसपासका बस्ती प्रभावित हुने गरेका छन् । तर त्यसप्रति राज्यको ठोस कार्यक्रम बन्न सकेको छैन । कतिपय स्थानका लागि बजेट छुट्याएता पनि वर्षा याममा मात्रै निर्माण कार्य सुरु हुँदा काम सम्पन्न हुन सकिरहेका छैनन् । यस्तै समस्या प्रत्येक वर्ष सप्तरीमा देखिने गरेको छ ।

यस पटक पनि वर्षा सुरु भएलगतै सप्तरीका केही भाग जलमग्न हुन पुग्यो । कोशीको बाहाब र त्यस क्षेत्रका स–साना नदीका कारण तिलाठीसहितका गाउँहरु ढुबानमा परेका छन् । गत वर्ष पनि सप्तरीका पूर्वी भेगका गाउँहरु डुबानमा परेको थियो । पटक पटक ति क्षेत्रहरु डुबानमा पर्दा समेत राज्यले पूर्व तयारी गरेको देखिदैन ।

तिलाठीमा बाँध निर्माणका लागि बजेट छुट्याइए पनि बाँध निमार्ण नहुँदा करिब १५ सय परिवार बाढीबाट पिडीत भएका छन् । स्थानिय प्रशासनले आन्तरिक विबाद मिलाउन नसक्दा र असारे बिकासका कारण बाँध निमार्णमा ढिलाई भएको देखिन्छ । बाढी पिडीत परिवारहरुलाई सरकारले उचित व्यवस्थापन गर्न सकेको छैन । झन् उद्यार प्रणाली र दैविक प्रकोपको अवस्थामा काम गर्ने सयन्त्रहरु पनि दुरुस्त छैन । बाढी पिडीतहरुलाई विभिन्न क्षेत्र र संस्थाहरुबाट उपलब्ध गराइएको राहतका लागि ति निकायहरुलाई धन्यबाद दिन आवस्यक छ ।

अन्तः बाढी नियन्त्रणका लागि राज्यले तत्कालै कदम चाल्नु पर्ने हुन्छ । साथै बिपद व्यवस्थापनका लागि संयन्त्रलाई दुरुस्त राख्न जरुरी छ । बाढी पिडीतहरुलाई तत्काल व्यवस्थापनका लागि उचित राहत पुर्याउन आवस्यक छ । र, बाढीबाट प्रभावित भइसकेको अवस्थामा सुरक्षित एवम आवस्यक सामाग्री सहितको सेफ हाउस निर्माण गर्न आवस्यक रहेकोले सरकारलाई त्यस तर्फ ध्यान दिन आवस्यक छ ।

SHARE

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here