सञ्चार विधेयकको विरुद्धमा प्रदेशसभादेखि सिंहदरबारसम्म घेर्न तयार छौं : डा.राउत

हुलाकी न्यूज, काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा.सीके राउतले सञ्चार विधेयकको विरुद्धमा सडकमा ओर्लन तैयार रहेको बताएका छन् ।

डा.राउतले शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्त सो कुरा बताएका छन् । उनले सञ्चार विधेयकको विरुद्धमा प्रदेश सभादेखि लिएर सिंहदरवारसम्म घेर्न तैयार रहेको उल्लेख गरेका छन् ।

‘केही मिडिया र पत्रकारले हामीलाई कठीन समयमा न्यूज कवरेज दिए, भने केहीले हामीलाई अनेकौं झूठो लाञ्छना लगाउँदै हामी विरुद्ध प्रोपागान्डा गरिरहे, अहिले पनि गरिरहेका छन् ।’ डा.राउतले भनेका छन्, ‘तर हामी प्रेस स्वतन्त्रताको पक्षमा सदैव थियौं र छौं ।’

उनले आवश्यकत्ता परे प्रेस स्वतन्त्रता हरण गर्ने सञ्चार विधेयकको विरुद्धमा प्रदेश सभादेखि लिएर सिंहदरवारसम्म घेर्न तैयार रहेको र सडकमा ओर्लन सदैव तैयार उल्लेख गरेका छन् ।

उनले भनेका छन्, ‘किनकि भ्रष्टाचारमुक्त समतामूलक समाज निर्माण गर्न र जनताको वास्तविक लोकतन्त्र स्थापित गर्न प्रेस स्वतन्त्रता अपरिहार्य छ ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.