साउदीमा गैर आवासीय मधेशी संघको क्षेत्रीय समिति विस्तार

हुलाकी न्यूज, सऊदी: विश्वभरी छरिएर रहेका मधेशीहरुको छाता संगठन गैर आवासीय मधेशी संघ (एनआरएमए) साउदी अरेबियाको जुबेलमा पनि विस्तार भएकाे छ।

एनआरएमए अरेबियाका बरिष्ठ उपाध्यक्ष ओपेद्र अधिकारी यादवका अनुसार जुबेलमा (नासर एस. अल-हाजरी) कम्पनीमा शनिबार क्षेत्रीय कार्य समितिको सम्मेलनले समितिको घोषणा गरेको हाे।

घुरन सदाको नेतृत्वमा कार्यसमिति गठन गरिएकाे छ। उपाध्यक्ष संजय यादव, जनार्धन यादव, प्रमोद महरा र एलाही नदाफ छन्। त्यस्तै कोषाध्यक्षमा श्याम सुन्द्र साह र बिकु यादव सचिवमा कुशेश्वर यादव, ईन्दल मंण्डल, रामनाथ राय र राजकिशोर साह छन्।

एनआरएमएले विभिन्न देशहरुमा सांस्कृतिक कार्यक्रम तथा बिभिन्न चाड-पर्बको अवसरमा मेल-मिलाप कार्यक्रम गरी प्रवासमा रहेका मधेशीहरुलाई एकजुट गर्ने काम गर्दै आएकाे छ।

SHARE

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.