संसदमा प्रश्न ‘रेशम चौधरी र राममनोहर यादवसँग अन्याय किन?’

हुलाकी न्यूज, काठमाडौं : कैलाली क्षेत्र नम्बर एकबाट निर्वाचित सांसद रेशम चौधरी र प्रहरी हिरासतमा मारिएका बाँकेका राममनोहर यादवमाथि अन्याय भएको कुरा संघीय संसदमा उठेको छ।

संघीय संसदको बुधबारबाट सुरु हिउँदे अधिवेशनको उद्घाटन सत्रमा रेशम चौधरीलाई किन जेल हालिएको र राममनोहरको हत्यामा छानविन किन नभएको भन्दै प्रश्न गरिएको छ।

उद्घाटन सत्रमा बोल्दै राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका संयोजक राजेन्द्र महतोले भने,‘यो देशमा विभेदले चरम सिमा नाघन लाग्यो। कैलालीबाट निर्वाचित रेशम चौधरी यो हाउसमा किन छैन? प्रचण्ड जी तपाईले हजारौं मान्छे मारेर प्रधानमन्त्री हुने अनी रेशम चौधरी आन्दोलनमा जाँदा जेल जानु पर्ने? यो देशमा दोहरो कानून चल्दैन।’

महतोले राममनोहर यादवलाई प्रहरी हिरासतमा कुटी–कुटी मारिएको बताउँदै छानविन नभएकोप्रति आक्रोस व्यक्त गरे ।
‘राममनोहर यादवलाई कुटी–कुटी मार्यो। चार महिनादेखि लाश अस्पतालमा छ ।’ संसदमा महतोले भने,‘सभामुख ज्यू तपाईले रुलिङ्ग गर्नु भयो छानविनका लागि समिति बनाउने। तर खोइ त समिति बन्यो?’

उपप्रधानमन्त्री एवं संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवलाई कालो झण्डा देखाएको भन्दै प्रहरीले राम मनोहर यादवलाई बर्दियाबाट पक्राउ गरेको थियो। स्वतन्त्र मधेश गठबन्धनका नेता राममनोहरको प्रहरी हिरासतमा यातनाका कारण मृत्यु भएको सांसदहरुले बताउँदै आएका छन्।

यसअघि नेपाली कांग्रेस, राजपा र फोरम नेपालका सांसदहरु राममनोहरको घटना छानविन गर्न संसदीय समिति बन्नु पर्ने माग गरेका थिए। तर हालसम्म समिति गठन भएको छैन।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.