काठमाडौं । संसदबाट अस्वीकृत संविधान संशोधन विधेयक नेपाली कांग्रेसले पुनः दर्ता गराउने भएको छ । कांग्रेसको शनिबार बसेको केन्द्रीय समिति बैठकले छुट्टै संविधान संशोधन विधेयक दर्ता गर्ने निर्णय पनि गरेको छ ।

पार्टी सभापति शेरबहादुर देउवा प्रधानमन्त्री भएको बेला मधेस केन्द्रीय दलहरुको माग सम्बोधन गर्न दर्ता गरेको तर संसदबाट अस्वीकृत भएको विधेयकलाई नै फेरि दर्ता गर्ने निर्णय भएको हो ।

यसका लागि संसदीय दललाई निर्देशन दिइएको हो । दलले उपयुक्त समयमा संशोधन दर्ता गर्ने एक नेताले बताए ।

शनिबार बसेको कार्यसमिति बैठकमा तराई मधेशका केन्द्रीय सदस्यहरुले मधेसको मुद्दालाई पनि सम्बोधन गर्नुपर्ने बताएका थिए ।

तराई मधेशका दलहरुले हालै मात्र कांग्रेस सभापति देउवालाई भेटेर निशान छाप परिर्माजनका लागि संविधान संशोधन गर्दा मधेसको मुद्दा पनि संशोधनका लागि पहल गर्न आग्रह गरेका थिए ।

यसैगरी, कांग्रेसको बैठकले लिपुलेक, कालापानी र लिम्पियाधुरालाई समेटिएको नयाँ नक्साअनुसार निशान छाप परिर्वतन गर्न ल्याइएको संविधान संशोधन विधेयकको पक्षमा मतदान गर्ने निर्णयसमेत गरेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.