संविधान संशोधन विफल गराउन निधिले प्रमुख भूमिका खेलेको खुलासा


जनकपुरधाम, २९ कार्तिक ।
मधेशी जनताको खोसिएको अधिकार सुनिश्चित गराउन संसदमा आएको संविधान संशोधन प्रस्तावलाई नेपाली काँग्रेस र यसका प्रमुख नेताहरुले नै विफल बनाएको खुलासा भएको छ ।
आफूलाई मधेसका मसिहा भन्दै धनुषा क्षेत्र नम्बर ३ बाट उम्मेदवार बनेका काँग्रेस नेता एवं तत्कालीन गृहमन्त्री विमलेन्द्र निधि र पार्टीका प्रमुख नेताहरुको ग्रयाण्ड डिजाइनमा नेपाली कांग्रेसलाई स्थानीय चुनाव देखि प्रतिनिधि र प्रदेशसभा सम्मको चुनावमा फाईदा पुर्याउनको लागि संविधान संशोधन प्रस्ताव विफल बनाइएको कुरा बाहिर आएको छ ।
संविधान संशोधन विफल बनाए नेपालि कांग्रेसले स्थानीय चुनावमा १०० सिट जित्ने दाबि निधिले सार्वजनिक रुपले गरेका थिए, तर ४० सिटमै खुम्चिएपछी नेपाली कांग्रेसका अन्य नेताहरुले निधिको आंकलनमाथि प्रश्न चिन्ह खडा गरेका थिए ।
संविधान संशोधन प्रस्तावलाई जसरी पनि पारित गराउनकै लागि भनेर नेपाली कांग्रेस र माओवादी केन्द्रको सत्ता समीकरण बनाइएको थियो जसमा राप्रपा, फोरम लोकतान्त्रिक लगायतका दलहरुले सरकारमा बसेर समर्थन गर्न तयार भएका थिए भने उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपाल र महन्थ ठाकुर नेतृत्वको राष्ट्रिय जनता पार्टी नेपालले बाहिर बाट समर्थन गरेका थिए ।
तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहालको प्रयास असफल भएपछि उनले समयमै सत्ता परित्याग गरि नेपालि कांग्रेसका सभापति शेरबहादुरलाई सुम्पिएका थिए । संविधान संशोधनलाइ जसरी पनि पारित गराएर स्थानीय चुनावको वातावरण बनाउन एमाले बाहेकका सबै दल एकजुट भएका थिए । तर नेपाली कांग्रेस भित्रै केही शिर्ष नेताहरु त्यतिबेला संशोधन प्रस्ताव विफल गराउन षड्यन्त्र गरिरहेका स्रोत बताउँछ ।
सरकारसंग जति सुकै मतभेद भएपनि राप्रपा अध्यक्ष कमल थापाले संविधान संशोधनलाई समर्थन गर्ने प्रतिबद्धता व्यक्त गर्दै पार्टीको संसदीय दलको बैठकमा संविधान संशोधनको पक्षमा मतदान गर्ने आधिकारिक निर्णय गर्दै व्हिप जारी समेत गरेका थिए । राप्रपा बाट असन्तुष्ट पशुपति शमशेर राना गुटका सांसदहरु पनि कमल थापासंग सरकारमा सहभागिताको विषयमा मतभेद रहेपनि संविधान संशोधनको पक्षमा मतदान गर्ने कुरा सार्वजनिक रुपमै भन्दै आएका थिए ।
सरकारसंग एमाले बाहेकका अरु साना दलहरुले पनि प्रतिपक्षको गठबन्धनलाई छोडेर संविधान संशोधनको पक्षमा मतदान गर्न तयार भएको घोषणा समेत गरि सकेका थिए र यति मात्रै नभई एमालेक कम्तिमा पनि २५ वटा मधेशी, जनजाती सांसदहरुलाई स्ट्याण्डबाई राखिएको थियो । सरकारले संविधान संशोधनको पक्षमा आवश्यक दुइ तिहाई बहुमत आउने पक्का विश्वास भए पछि संशोधन विधेयकलाई सदनमा निर्णयार्थ पेश गर्ने निर्णय गर्ने तयारीमा थिए ।
तर रातारात सरकार आफ्नो निर्णयबाट पछि हट्यो ्र यसको पछाडी काँग्रेस सभापति शेरबहादुर देउबाका बिश्वासपात्र र कांग्रेसका कार्यवाहक सभापतिको समेत भूमिका निर्वाह गरिसकेका बिमलेन्द्र निधिले षड्यन्त्रपुर्वक संविधान संशोधनको प्रस्तावलाई सदनमा पेश हुन् बाट बञ्चित गराए र देउवाले निधिकै प्रस्तावमा संविधान संशोधन बिधेयकलाई केही दिनको लागि पछि सार्ने निर्णयमा पुगे ।

आखिर के कारण थियो त पारित हुनै लागेको संशोधन प्रस्तावलाई रातारात रोकियो? दुई तिहाई आवश्यक बहुमत जुटाउन सफल भएपछि पनि संशोधन बिधेयकलाई सदनमा निर्णयार्थ पेश हुन दिईएन?
संशोधन विधेयक पारित हुन बाट रोकेर बिमलेन्द्र निधि र उनको पार्टीलाई के फायदा भयो त? बाहिरबाहिर मधेशीको हक हितमा कुरा गर्ने निधिले मधेशीमाथि नै किन घात गरे?
संविधान संशोधनको बिषयलाई लिएर लामो समय आन्दोलन गरेको राजपाले स्थानीय चुनावमा सहभागी हुन संविधान संशोधन पारित हुनुपर्ने शर्त राखेको थियो । संविधान संशोधन पारित भए त्यसको सम्पूर्ण चुनावी फाईदा राजपालाई पाउने अनुमान गर्दै पहिलो पटक संविधान संशोधन बिधेयकलाई सदनमा प्रस्तुत गर्नबाट कांग्रेसले रोकेको थियो ।
बिमलेन्द्र निधिले संशोधनलाई रोके पछि राजपाले दोस्रो चरणको स्थानीय निर्वाचनमा सहभागी हुन पाएनन््् । निधिको राजपालाई चुनावबाट बंचित गराउने षड्यन्त्र सफल भयो । निधिले कांग्रेसका शिर्ष नेताहरुलाई यस कुराको लागि राजि गराए की, तेस्रो चरणमा राजपा सहभागी नभए नेपाली कांग्रेसले १०० भन्दा बढी सिट ल्याउन सक्छ्र त्यहि भएर सके सम्म संविधान संशोधन बिधेयक पारित गराउन सदनमा प्रस्तुतनै गर्न नदिने र राजपाको दबाबमा यदि प्रस्तुत गर्नै पर्यो भने संशोधन बिधेयकलाई जसरि पनि असफल गराउने रणनीति अख्तियार गर्ने नीति कांग्रेसले लियो ।
राजपाले निधिको यो षड्यन्त्र थाहा पाए पछि जसरि पनि संविधान संशोधन बिधेयकलाई जसरि पनि सदनमा प्रस्तुत गराउने र विफल भएको खण्डमा पनि जनताको बीचमा गएर कांग्रेस र बिमलेन्द्र निधिको यस षड्यन्त्र बारे भण्डाफोर गर्ने निर्णय गर्यो ।
अत्यधिक दबाब पछि निधिको केही सुइँको चलेन र नेपाली कांग्रेस नेतृत्वको सरकारले संविधान संशोधन बिधेयक सदनमा प्रस्तुत गर्न बाध्य भयो । त्यति बेला पनि नेपालि कांग्रेसका नेता निधिले संशोधन कुनै पनि हालतमा पारित नहोस भन्ने योजनामा काम गरि राखे । त्यसका लागि निधिले राप्रपा समेत अन्य साना दलहरुलाई संशोधनको पक्षमा मत नहाल्न बाध्य बनाए । साथै संशोधनको पक्षमा मतदान गर्न तयार बसेका एमालेका केही सांसदहरुको सुचना समेत उनले लिक गरेको आरोप कांग्रेस भित्रकै नेताहरुले लगाउने गरेका छन् ।
निधिको एकमात्र लक्ष्य थियो जसरी पनि संविधान संशोधन विफल गराएर राजपालाई चुनावबाट टाढा राख्नु्र निधिको बुझाईमा यदि संविधान संशोधन सफल भयो भने त्यसको सबै जश राजपाले पाउने र चुनावमा सम्पूर्ण फायदा राजपालाईनै हुने छ । राजपालाई फाईदा पुग्दा नेपालि कांग्रेसलाइ घाटा हुने भएको हुनाले दुई नम्बर प्रदेशमा आफ्नो आधिपत्य जमाउन राजपालाई सके सम्म चुनाव भन्दा टाढा राख्ने र नभए संशोधन प्रस्ताव विफल बनाउनमा नै लागे ।
जब संविधान संशोधन विफल हुने निश्चित भयो अनि मात्रै देउबा सरकारले यो बिधेयकलाई सदनमा निर्णयार्थ प्रस्तुत गरि विफल बनाइयो, विफल भएपछि बिमलेन्द्र निधिले दुइ नम्बर प्रदेशको स्थानीय चुनावमा १०० सिट जित्ने दाबि गरेपनि ४० सिटमै खुम्चिनुपर्यो ।

SHARE

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.