काठमाडौं । मन्त्रिपरिषद बैठकले निर्णय गरेलगत्तै सरकारले संविधान संशोधन विधेयकमा संसदमा दर्ता गरेको छ ।

मन्त्रिपरिषद्को निर्णयलगत्तै अनुसार कानूनमन्त्री शिवमाया तुम्बाहाङ्फेले संशोधन विधेयक दर्ता गर्न संसद सचिवालय पुगेकी थिइन् ।

शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्रलाई समेटेर बुधबार जारी गरिएको नयाँ नक्साअनुसार संविधानको अनुसूची ३ मा रहेको निशान छाप संशोधनका लागि संविधान संशोधन गर्ने निर्णय गरेको थियो ।

सरकारले ‘नेपालको संविधानको अनुसूची ३ मा रहेको नेपालको निशाना छापभित्र अंकित नेपालको नक्सालाई नेपालको वास्तविक सीमा अनुरुप मिलाउन आवश्यक भएकाले’ संविधान संशोधन गर्नुपर्ने कारण देखाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.