संविधान विरुद्ध क–कस्ले गरे प्रदर्शन? (फोटोसहित)


हुलाकी न्यूज, काठमाडौं :
संविधानप्रति असन्तुष्ट व्यक्ति राजनीतिक दल तथा सघ–संगठनहरुले विरोध प्रदर्शन गरेका छन्।

नेपालको राजधानी काठमाडौंसहित मधेशका अधिकांश जिल्लामा विरोध प्रदर्शन भएको छ।

काठमाडौंको बसन्तपुरमा आदिवासी जनजातिलगायत विभिन्न संघ–संस्थाहरुले संयुक्त रुपमा विरोध प्रदर्शन गरे।
विरोध प्रदर्शनका क्रममा बशन्तपुरबाट तीन जना पक्राउ परेका छन्।

यसैगरी, प्रतिपक्षी दल राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले केन्द्रीय कार्यालय बबरमहलमा संविधान दिवसको विरोधमा कालो दिवस मनाएको छ।

प्रदेश दुईको अस्थायी राजधानी जनकपुरधाममा राजपाका शीर्ष नेता एवं प्रदेश २ सरकारका मन्त्री तथा जनकपुरधाम उपमहानगरपालिकाका मेयरलगायतले विरोध रैली गरेका छन्।

यसैगरी आदिवासी जनजाति महासंघ, थहरुहट–थारुवान राष्ट्रिय मोर्चा, तराई मधेश राष्ट्रिय परिषद्लगायतले देशको विभिन्न भागमा विरोध प्रदर्शन गरेको छ।

सत्तारुढ समाजवादी पार्टीका नेताहरुले संविधान दिवसलाई बहिस्कार गर्दै संविधान संशोधनको विषयमा अन्तरक्रिया गरेका छन्।

यसैगरी दाङ्गबाट विरोध प्रदर्शन गर्ने थरुहट थारुवानका ६ जना नेता पक्राउ परेका छन्।

यसैगरी बुटबलमा जनमुक्ति पार्टीलगायतले प्रदर्शन गरेको छ।

थारुहरुले टीकापुरमा प्रदर्शन गरेका छन्।

तस्बीरहरु प्रदर्शनकारीहरुको फेसबुकबाट


SHARE

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.