सँचारकर्मी सिंहलाई ज्यानमार्ने धम्की

जनकपुरधाम , १८ माघ ।
जनकपुर भन्सार कार्यालयका कर्मचारीको सेटिंगमा तस्करी बढेको समाचार लेखेका सँचारकर्मी राजकमल सिंहलाई कार्यालयका प्रमुख र करारका कर्मचारीले ज्यानमार्ने धम्की दिएका छन् ।
जनकपुर भन्सार कार्यालयका प्रमुख हेम चन्द शर्मा र जटही भन्सार कार्यालयका जगदिश दासको मिलोमतोमा भन्सार छलि तथा तस्करी बढेको समाचार लेखेका थिए ।
उक्त समाचार किन लेखेको भन्दै कार्यालय प्रमुख शर्मा र करारका गाडी चालक प्रकाश यादवले गालिगलौज गर्दै ज्यानमार्ने धम्की दिएका हुन् । शर्मा र यादवले भन्सार तस्करी तथा राजश्व चुहावट सम्बन्धमा कुनै समाचार नलेख्न भन्दै आप्mनो गुण्डा समेत परिचाल गर्ने चेतावनी दिए ।

भन्सार तस्करीको समाचार प्रकाशन प्रशारण पश्चात आफुलाई तनाब बढेको भन्दै शर्मा र यादवले पत्रकार सिंहलाई कार्यालयमा बेलाएका थिए ।
कार्यालय पुग्ना साथ शर्मा र यादवले पत्रकार सिंह संगै रहेका अर्का संचारकर्मी सुमित मिश्रलाई कार्यकक्षबाट बाहिर निकाल्दै अपहरण गर्ने शैलिमा ज्यानमार्ने धम्की दिएका हुन् ।
यस घटनालाई लिएर नेपाल पत्रकार महासंघ धनुषा, जनकपुर उद्योग वाणिज्य संघ र स्थानीय युवा तथा व्यापारीहरुले कार्यालय प्रमुख शर्मा र यादवलाई निलम्बन गर्नु पर्ने मांग गर्दै विरोध गरेका छन् ।
शर्मा र यादवलाई निलम्बन नगरिए कडा आन्दोलनमा उत्रने चेतावनी समेत दिएका छन् ।

SHARE

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.