श्रद्धाञ्जली सभामा सहभागीहरुमाथि रातमा धरपकडः प्रहरीले तोडे सहमति!

हुलाकी न्यूज, नेपालगंजः प्रहरी हिरासतमा मृत्यु भएका सहिद राम मनोहर यादवको श्रद्धाञ्जली सभामा सहभागीहरुमाथि प्रहरी धरपकड सुरु गरेको छ।

सोमबार साँझ सहिद यादवको गाउँमा श्रद्धाञ्जली सभा सहभागी भएकाहरुलाई अबेर रातीबाट नेपाल प्रहरीले पक्राउ सुरु गरेको हो।

सोमबार राती ९ बजेसम्म पक्राउ पर्ने करिब दुई दर्जन मध्ये १३ जनाको नाम सार्वजनिक भएको छ। पक्राउ पर्ने अन्यहरुको अवस्था अज्ञात रहेको स्वतन्त्र मधेश गठबन्धनका नेता जासर यादवले जानकारी दिएका छन्।

सोमबार विहान श्रद्धाञ्जली सभामा पुगेका २१ जनालाई प्रहरीले कोहलपुरमै नियन्त्रणमा लिएको थियो।

राम मनोहरको लास प्रहरी नियन्त्रणमा : श्रद्धाञ्जली दिन गएकाहरु पक्राउ

प्रहरीले सहिद राम मनोहर यादवको लास पनि नियन्त्रणमा लिएको थियो।

सहिद यादवको गाउँ तथा उक्त क्षेत्रबाट हजारौंको संख्यामा सर्वसाधारणहरु धर्ना दिन कोहलपुर पुगेका थिए। दुई घण्टाको धर्ना पछि मानव अधिकारकर्मीको रोहोबरमा प्रहरी रसहिद यादवको परिवारजनबीच सहमति भएको थियो।

उक्त सहमति अनुसार प्रहरीले लास परिवारजनलाई बुझाएको थियो भने श्रद्धाञ्जली सभा गर्न दिने अनुमति दिएको थियो।
तर श्रद्धाञ्जली सभा समाप्त भएपछि प्रहरीले सहमति तोड्दै धरपकड सुरु गरेको नेता यादवले जानकारी दिएका छन्।

पक्राउ परेकाहरुका विषयमा कोहलपुर प्रहरीका डीएसपी रमेश बहादुर सिंहले जानकारी दिन अस्वीकार गरेका छन्।
स्वतन्त्र मधेश गठबन्धनका अनुसार हालसम्म पक्राउ पर्नेहरुमा

१. सुदिप कुशवाहा – सिरहा
२. प्रदीप मंडल – धनुषा
३. शिव कुमार यादव – धनुषा
४. किलेश मंडल – धनुषा
५. दिपेश क्रान्ति – धनुषा
६. संजय यादव – महोत्तरी
७. बिरेन्द्र मण्डल – महोत्तरी
८. बिश्वनाथ चौधरी – महोत्तरी
९. नागेश्वर यादव – महोत्तरी
१०. सिकिन्द्र यादव – महोत्तरी
११. बिशुनदेव ठाकुर – सिरहा
१२. श्रीराम चौधरी – मोरङ
१३. संजय यादव – धनुषा
छन्।

मधेश स्वराज आन्दोलनका प्रथम सहिद राम मनोहर यादवको श्रद्धाञ्जली सभामा जनसागर (फोटो–भिडियो)

SHARE

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.