शिर्ष नेतृत्वको हत्याको प्रयास : राजपा

1567

हुलाकी न्यूज, भैरहवा । नवलपरासीमा राज्य पक्षबाट राष्ट्रिय जनता पार्टीका शिर्ष नेतृत्वको हत्याको प्रयास भएको आरोप लगाइएको छ ।

राजपाका शिर्ष नेतृत्वहरु एउटै मञ्चमा भएको बेला एमाले कार्यकर्ताहरुको सहयोगमा राज्य पक्षबाटै हत्याको प्रयास भएको आरोप राजपाले लगाएको छ ।

हुलाकी न्यूजसँग कुराकानी गर्दै राजपाका नेता राजेन्द्र महतोले भने ‘शान्तिपूर्ण रुपमा भइरहेको विरोध सभालाई भड्काउने र दंगा गराउने प्रयास राज्य पक्षबाट भएको छ । राजपाको सभालाई भड्काउन एमालेले कार्यकर्ताहरु तयार पारेको थियो । उनीहरुलाई उचालेर सभामाथि आक्रमण गराउने योजना थियो ।’

ठूलो दुर्घटनाबाट जोगिएको बताउँदै महतोले भने,‘स्थानीयवासीहरुले तत्कालै योजना बारे चाल पाएपछि दुर्घटना हुनबाट रोकियो । एमालेका कार्यकर्तालाई प्रयोग गरी राज्यले शिर्ष मधेशी नेताहरको हत्याको प्रयास गरेको थियो ।’

यता महामन्त्री जितेन्द्र सोनलले सबै नेताहरु भाषण गरिसकेको अवस्थामा प्रमुख नेता महन्थ ठाकुरलाई केन्द्रीत गरी सभालाई भड्काउन खोजिएको बताए ।

सोनलले हुलाकी न्यूजसँग भने,‘हामी सबैले भाषण गरिसकेका थियौं । ठाकुर जीले बोल्न जाँदा एक्कासी गोली चल्न थाल्यो । हाम्रो सभालाई विथोल्न र हिंसा मचाउन एमालेले सुन्योजित रुपमा कार्यकर्ताहरु परिचालन गरेको थियो । राजपाको सभा नजिकै उनीहरुले प्रदर्शनको तयारी गरेको थियो ।’

सोनलले राजपाका नेतासहित चार जना गम्भीर घाइते भएको र करिब एक दर्जन जति समान्य घाइते भएको बताए ।
यसअघिको मधेश आन्दोलनमा दण्डीपुलमा सुरक्षार्कीले भिजलान्ते प्रयोग गरी आन्दोलनकारीहरुको हत्या गराएर नदीमा फालेको आरोप लाग्दै आएको छ ।

SHARE

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here