हुलाकी न्यूज, काठमाडौं । वृहस्पति विद्या सदनका शिक्षक र कर्मचारीले एक दिनको तलब बाढीपीडितका लागि दिएका छन् । उनीहरुले तलब काटेर जम्मा गरेको १ लाख रुपैयाँ आइतबार प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा गराएका छन् ।

विद्यालयकातर्फबाट डाइरेक्टर प्रविनराज जोशी, प्रिन्सिपल सुमन थिङ, मिडिया संयोजक डोल्मा लामा, इसीए इन्जार्च असिम थापाको टोलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेरै १ लाखको चेक हस्तान्तरण गरेका हुन् ।

वृहस्पतिका विद्यार्थीहरुले साउन अन्तिम साता आएको बाढीका कारण प्रभावितहरुको सहयोगार्थ खाद्यान्न तथा लत्ताकपडा संकलन गरि पठाएका थिए । त्यस्तै काठमाडौंको कलंकीमा बाढीका कारण ढलमा डुबेकी छात्रा सत्या सापकोटालाई विद्यालयले १ लाख रुपैयाँ सहयोग गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.