पर्सा, २३ चैत । प्रदेश २ को वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालमा थप २० वेडको आइसोलेशन वार्ड तयार पारिएको छ ।

कोरोना भाइरस संक्रमण रोकथाम तथा उपचारका लागि १० लाखको लागतमा २० बेडको आइसोलेसन वार्ड तयार पारिएको हो ।

केन्द्र र प्रदेश सरकारले कुनै किसिमको सहयोग नगरेपछि सांसद प्रदीप यादवको संयोजनमा दाताहरूसँग सहयोग लिएर आइसोलेसन वार्डको संरचना तयार पारिएको छ ।

संघ, प्रदेश र स्थानीय सरकारले कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि ठोस सहयोग नगरेकाले दाता गुहारेर आइसोलेसन बनाइएको सांसद यादवले बताए । आइशोलेसन वार्ड बनाउन जगदम्बा सिमेन्ट, रुंगटा वेलफेयरलगायतले सहयोग गरेका छन् ।

अस्पतालको आकस्मिक कक्षमाथि तयार पारिएको आइसोलेसन वार्डका लागि लायन्स क्लबले २० वटा बेड दिने भएको छ । शनिबार नै १० वटा बेड दिइसकेको छ । संविधानसभा सदस्य अनिल रुंगटाले आवश्यक अक्सिजनको प्रबन्ध मिलाउने आश्वासन दिएका छन् ।

अहिले नारायणी अस्पतालमा ५ बेडको मात्रै आइसोलेशन वार्ड छ । पाँचवटैमा कोरोना भाइरसका शंकास्पद संक्रमितलाई राखिएको छ । नारायणी अस्पतालले ३८ जनाको थ्रोट स्वाव संकलन गरेर कोरोना भाइरस संक्रमण भए नभएका जाँचका लागि राष्ट्रिय जनस्वास्थ्य

प्रयोगशालामा पठाएको छ । यसअघि पठाइएका तीनवटै थ्रोट स्वाबको रिपोर्ट नेगेटिभ आएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.