जनकपुरधाम, १ वैशाख । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले भोलिबाट वीरगञ्जमा पनि कोरोना भाइरस परीक्षण प्रयोगाशला सञ्चालनमा आउने जानकारी दिएका छन् ।

सोमबार नयाँ वर्ष २०७७ र जुडशीतल पर्वका अवसरमा जारी गरेको शुभकामना सन्देशमा मुख्यमन्त्री राउतले भोलि (मंगलबार) बाट वीरगञ्जमा पनि प्रयोगशाला सञ्चालन आउने जनाएका हुन् । त्यस्तै, उनले यसै सातादेखि राजविराजमा पनि प्रयोगशाला सञ्चालनमा आइसक्ने विश्वास गरेका छन् ।

उनले प्रदेशमा कम्तिमा तीन स्थानमा कोरोना भाइरस परीक्षणका लागि प्रयोगशाला स्थापना गर्ने पूर्वघोषित योजनाअनुसार यी ल्याबहरू सञ्चालनमा आउन लागेको जनाएका छन् । प्रदेश २ को जनकपुधामा यसअघि नै प्रयोगशाला सञ्चालनमा आइसकेको छ ।

त्यस्तै, कोरोना संक्रमितको उपचारका लागि महोत्तरीका जलेश्वर र बाराको कलैया अस्पताललाई कोभिड विशेष अस्पताल घोषणा गरेर निर्माण कार्यसमेत गरिरहेको पनि मुख्यमन्त्री राउतले जानकारी दिएका छन् ।

शुभकामना सन्देशमा मुख्यमन्त्री राउतले वीरगञ्जमा तीन भारतीय नागरिकमा कोरोना पोजेटिभ देखिनु चिन्ताको कुरा रहेको भन्दै उनीहरू बसेका क्षेत्रलाई शिल गरी मास टेस्टिङ्ग चलिरहेको पनि बताए ।

उनले प्रदेशवासी, नागरिक समाज, जनप्रतिनिधि, उद्योगी, स्वास्थ्यकर्मी, व्यापारी, सुरक्षाकर्मी, सचारकर्मीहरूलाई प्रदेश सरकारको यस अभियानमा सहयोग गर्न आग्रहसमेत गरे । साथै, मुख्यमन्त्री राउतले नयाँ वर्ष २०७७ एवम् मधेशका सांस्कृतिक पर्व जुडशीतलको अवसरमा सम्पूर्ण नेपाली दाजुभाई दिदी वहिनी तथा प्रदेशबासीमा सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको कामना व्यक्त गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.