हुलाकी न्यूजः वीरगञ्जमा ५३ जनामा कोरोना संक्रमित थपिएका छन् । बुधबार राति नारायणी अस्पतालको प्रयोगशालामा गरिएको स्वाँब परिक्षणमा चार स्वास्थ्यकर्मी सहित ५३ जनाका रिपोर्ट पोजेटिभ आएको हो ।

संक्रमित भेटिएका ५० जना पर्सा र ३ जना बाराका छन् । जस मध्ये दुई चिकित्सकसहित ४ स्वास्थ्यकर्मीमा नारायणी उपक्षेत्रिय अस्पतालका रहेका छन् । ती स्वास्थ्यकर्मीहरुका ११ जना परिवारका सदस्ययलाई समेत कोरोना संक्रमण भएको नारायणी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा.मदनकुमार उपाध्यायले जानकारी दिए । उनीहरु अस्पतालको क्वार्टरमा बस्दै आएका छन् ।

एक साता यता पर्सामा कोरोना संक्रमण भयावह बन्दै गएको छ । संक्रमणको कारण पर्सामा सात जनाको मृत्यु भइसकेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.