काठमाडौं, २६ चैत । विश्व बैंकले कोरोना भाइरसविरुद्ध आपतकालीन कार्य तथा स्वास्थ्य प्रणाली सुधारका लागि नेपाललाई ३ अर्ब ४८ करोड रुपैयाँ सहुलियतपूर्ण ऋण उपलब्ध गराउने भएको छ ।

ऋण सहयोगसम्बन्धी समझदारीपत्रमा विश्व बैंकका देशीय प्रबन्धक फारिस हदाद जेर्भोस र अर्थसचिव शिशिरकुमार ढुंगानाले हस्ताक्षर गरेका छन् ।

विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसारका स्वास्थ्य सामग्री तथा उपकरण खरिद, सघन उपचार कक्ष र आइसोलेसन वार्ड स्थापनामा यो रकम खर्च हुनेछ ।

यसैगरी, देशका विभिन्न भागमा अवस्थित अस्पताल, प्रयोगशाला तथा स्वास्थ्य संस्थाको स्तरोन्नतिमा पनि रकम खर्च गरिनेछ । यो परियोजना स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कार्यान्वयन गर्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.