Drone Image shown mass burials in New York

काठमाडौं, २२ वैशाख । विश्वभर फैलिएको कोरोना भाइरसको महामारीबाट २ लाख ४८ हजार २ सय ८५ मानिसको मृत्यु भएको छ ।

भाइरसबाट संक्रमित हुनेको संख्या ३५ लाख ६६ हजार १ सय ११ पुगेको छ । कोरोना भाइरसको महामारीले अमेरिकामा मृत्यु हुनेको संख्या ६८ हजार नाघेको छ ।

इटालीमा मृतकको संख्या २८ हजार ८ सय ८४ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ १ हजार ३८९ जना नयाँ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या २ लाख १० हजार ७१७ पुगेको छ ।

अमेरिकापछि कोरोना भाइरसको सबैभन्दा धेरै संक्रमण देखिएको स्पेनमा २ लाख ४७ हजार १ सय २२ जना संक्रमित भएका छन् । स्पेनमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसले १६४ जनाको मृत्यु भएको छ भने १ हजार ५३३ जना नयाँ संक्रमित थपिएका छन् । स्पेनमा कोरोना भाइरसले मृत्यु हुनेको कुल संख्या २५ हजार २६४ पुगेको छ ।

कोरोना भाइरसका कारण युरोपियन मुलुकहरूमा १ लाख ४० हजार ६०३ जना, उत्तर अमेरिकी मुलुकहरुमा ७५ हजार १२२ जनाको मृत्यु भएको छ । त्यस्तै एसियाली मुलुकहरूमा १६ हजार ६०४, दक्षिण अमेरिकी मुलुकहरूमा १० हजार ८ सय ३५ जनाको मृत्यु भएको छ ।

अफ्रिकी मुलुकहरूमा १ हजार ८०० र अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरूमा ११५ जनाको मृत्यु भएको छ । विश्वका २१२ मुलुक र २ वटा पानीजहाजमा कोरोना संक्रमित भेटिएका छन् ।

चीनको वुहानबाट शुरु भएको कोरोना संक्रमणको दर युरोपियन मुलुक हुँदै पछिल्लो समय अमेरिकामा तीब्र देखिएको हो । विभिन्न स्वास्थ्य विशेषज्ञले अबको दुई हप्ता अमेरिकीहरूका लागि सबैभन्दा पीडादायी समय हुने चेतावनी पनि दिँदै आएका छन् ।

यसैबीच डब्लूएचओ, विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषले विकासोन्मुख देशमा अर्थतन्त्र तहसनहस नहोस् भन्दै त्यहाँ ऋण सहायताका लागि आग्रह गरेका छन् । डब्लूएचओ प्रमुखले सरकारहरूले जोखिममा रहेका समुदायलाई खाद्यान्न र अन्य आधारभूत सेवा उपलब्ध गराउनुपर्ने बताएका छन् ।

विश्व स्वास्थ्य सङ्गठनले यसलाई ‘विश्वव्यापी महामारी’को सङ्ज्ञा दिएको छ । चीनबाट सुरु भएको कोभिड–१९ अर्थात् नयाँ कोरोनाभाइरसको सङ्क्रमण नियन्त्रण गर्न सबै देशले विभिन्न उपाय अपनाएका छन् । तर सङ्क्रमण र त्यसबाट हुने मृत्यु रोकिएको छैन ।

अहिले चीनमा सङ्क्रमणको दर घटेको छ भने युरोप महामारीको केन्द्रबिन्दु बनेको बीबीसीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.