विवाह पञ्चमी : धुमधाम साथ तिलकोत्सव सम्पन्न

हुलाकी न्यूज, जनकपुरधाम २८ मंसिर । एतिहासिक विवाहमहोत्सव अन्र्तगत सोमबार राम जानकीको तिलकोत्सव कार्यक्रम सम्पन्न भएको छ ।

महाविर युवा कमिटिको आयोजनामा राम मन्दिरको प्राङ्गनमा आयोजित भब्य समारोहका बिच तिलकोत्सव सम्पन्न भएको छ ।

राम जानकी मन्दिरबाट विधि पुर्वक विभिन्न मिष्ठान परिकार र फलफुलसहितको भारसहित राम मन्दिर पुगेका सन्तमहन्थ र तिर्थालुहरु गितगान र झाँकी कितर्नसहित तिलकोत्सवमा सहभागी भएका छन् ।

तिल्कोत्सवमा वेहुला अर्थात भगवान राम पक्षको प्रनितिध्तिव गर्दै राम मन्दिरका महन्थ राम गिरी र वेहुली अर्थात माता जानकीको अभिभावकको रुपमा राम मन्दिर पुगेका जानकी मन्दिरका सहायक महन्थ रोशन दास वैष्णव एक अर्कालाई अंगालो हान्दै सम्धी मिलान गरेपछि तिलकोत्सव सम्पन्न भएको छ ।

समारोहमा धनुषाका प्रमुख जिल्ला अधिकारी काली प्रसाद पराजुली, धनुषाका प्रहरी प्रमुख रामहरी जोशी, गुठिसंस्थान केन्द्रिय कार्यालयका प्रशासक, भुमिसुधार मन्त्रालयका सहसचिवसहित नेपाल भारतका साधुसन्तहरु, विभिन्न कार्यालयका प्रमुखहरु, संघसंस्थाका पदाधिकारीहरु र स्थानिय दशर्नालुहरुको उपस्थिती थियो ।

यद्यपि मधेश आन्दोलनका कारण यसपाली विहारसहित भारतको दशर्नालुको संख्यामा कमी आएको छ । भोली मटकोर, पर्सी स्वयमवर र वैवाहिक कार्यक्रम हुनै विहिवार रामकलेवा भएपछि विवाहमहोत्स सम्पन्न हुनेछ ।

Tilakotsab

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.