विराटनगर । विराटनगर महानगरपालिकामा आजदेखि बजार खुल्ला भएको छ । स्थानीय प्रशासनले लकडाउन खुकुलो बनाउँदै दिउँसो १२ बजेसम्म बजार खोल्न दिने अनुमति दिएको हो ।

स्थानीय व्यावसायीले बजार खोल्न माग गरेपछि जिल्ला स्तरीय कोरोना संकट व्यावस्थापन समितिको बुधबार बसेको बैठकले आधा दिन बजार खोल्न दिने निर्णय भएको विराटनगर महानगरपालिकाले जनाएको छ ।

बजार पसल खुल्ला गर्ने निर्णय भए पनि होटल, रेस्टुरेन्ट, व्यूटी पार्लर र सैलुन भने तत्काल नखुल्ने जनाइएको छ । बजार खोल्नका लागि सामाजिक दुरी कायम गरी सतर्कता अपनाउनु सर्त राखिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.