विदेश भ्रमणअघि प्रधानमन्त्री प्रचण्ड मधेश जाँदै

349

हुलाकी न्यूज, काठमाडौं २६ भदौ । विदेश भ्रमण जानुअघि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मधेश जाँदैछन् ।

प्रचण्ड संविधानसभाको दोस्रो निर्वाचनमा प्रत्यक्ष जितेको क्षेत्र सिरहा जान लागेको कार्यक्रम तय भएको जनाइएको छ ।

प्रधानमन्त्रीको आसन्न भारत भ्रमणबारे छलफल गर्न आइतबार बोलाइएको श्रम तथा अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा प्रचण्डले मधेशी जनताको विश्वास आर्जन गर्न र मधेशलाई सम्बोधन गर्न सोमबार मधेश जान लागेको जानकारी दिएका छन् ।

सोमबार सिरहाको मिर्चैयामा आयोजना हुने जनसभालाई प्रधानमन्त्री प्रचण्डले सम्बोधन गर्नेछन् ।

प्रचण्ड सिरहा आउने भएपछिसुरक्षा व्यवस्था कडा पारिएको छ । प्रचण्डको सुरक्षाका लागि काठमाडौको विषेश प्रहरी टोली, क्षेत्रीय प्रहरी कार्यालय बिराटनगरको प्रहरीलाई खटाइएको जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here