काठमाडौं । विभिन्न कारणले विदेशमा मृत्यु भएका एक सय ४९ जनाको शव अलपत्र परेका छन् ।

कोरोना भाइरसको सक्रमण रोक्न विभिन्न मुलुकमा लकडाउन लागू गरिएसँगै विदेशी भूमिमा ज्यान गुमाएका नेपालीहरूको शव स्वदेश ल्याउन कठिनाइ भएको हो । अन्त्येष्टि गर्न परिवारबाट सहमति प्राप्त नभएका र स्वदेश ल्याउन नसकिएका १ सय ४९ शवहरू विदेशी भूमिमै रहेको वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले जनाएको छ ।

बोर्डका अनुसार परिवारबाट सहमति दिएका ५८ वटा शव सम्बन्धित गन्तव्य मुलुकमै अन्त्येष्टि गरिएको छ । विभिन्न १० वटा मुलुकमा अलपत्र अवस्थामा १ सय ४९ शव रहेका छन् । वोर्डका अनुसार सबैभन्दा बढी साउदीमा ४९ वटा शव रहेकोमा ७ वटा शव अन्त्येष्टिका लागि सहमति प्राप्त भएको छ । त्यस्तै ४२ वटा शव अलपत्र अवस्थामा रहेका छन् जसमा ३ शव भने कोरोना संक्रमित रहेका छन् ।

संयुक्त अरब इमिरेट्स् (यूएई) मा ४६ वटा शवमध्ये ३२ वटा शवको त्यहीँ अन्त्येष्टिका लागि सहमति प्राप्त भएको छ । १४ वटा शव अलपत्र अवस्थामा छन् । मलेसियामा ४४ शवमध्ये २ वटा शव अन्त्येष्टिका लागि सहमति प्राप्त भएको छ । ४२ शव अलपत्र अवस्थामा छन् । कतारमा ४१ शवमध्ये ६ वटा शव अन्त्येष्टिको सहमति प्राप्त भएको छ । ३५ शवहरू अलपत्र अवस्थामा छन् । कुवेतमा ११ शव अलपत्र अवस्थामा छन् ।

बहराइनमा रहेका ३ वटा शवमध्ये १ वटा शव अन्त्येष्टिको सहमति प्राप्त भएको छ । २ वटा शव अलपत्र अवस्थामा छन् । त्यस्तै टर्की र ओमानमा १÷१ वटा शव अलपत्र अवस्थामा छन् । कोरोनाका कारण विदेशमा ज्यान गुमाएकाहरूको सम्बन्धित मुलुकमै अन्त्येष्टि गरिन्छ भने अन्य विभिन्न कारणले ज्यान गुमाएकाहरूको शव पनि लकडाउन र अन्तर्राष्ट्रिय उडानहरू बन्द रहेका कारण लामो समयदेखि विदेशमै अड्किएको अवस्थामा छन् । शव अन्त्येष्टिका लागि स्वदेशमै ल्याउन चाहनेले केही समय कुनुपर्ने बोर्डले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.