पर्सा, ७ वैशाख । पर्साको बहुदरामाईस्थित मस्जिदमा जमाती लुकेको सूचना दिँदा स्थानीयबासीमाथि हमला भएको छ ।

बहुदरामाई नगरपालिका वडा नम्बर ९ विश्रामपुरको मौजेटोलस्थित एक मस्जिदमा लुकेका जमातीबारे स्थानीयबासीले प्रहरीलाई सूचना दिएपछि हमला भएको र त्यसपछि दुबै पक्षबीच झडप हुँदा १५ जनाभन्दा बढी घाइते भएका छन् ।

शनिबार राति भएको झडपमा ८ जना गम्भीर भएका छन् । उनीहरूको वीरगञ्जका अस्पतालहरूमा उपचार भइरहेको छ । जमातीले स्थानीयवासीमाथि हमला गरेपछि भएको झडपमा फैयाद देवान, फतिमा खातुन, मखमुल राय भाट, बडिया राय भाट, चन्दन गुप्ता कलवार, सुनिल गुप्ता कलवार, राधेश्याम गुप्ता र सुशीला देवी घाइते भएका छन् ।

सुराकी गरेको भन्दै वडासदस्य फकरुद्दिन अहमद देवानको नेतृत्वमा मौजेटोलस्थित मस्जिदबाट शनिबार बेलुकी केही व्यक्तिले स्थानीयका घरमा ढुङ्गा, इँटा प्रहार गरेपछि झडप भएको हो ।

मस्जिदमा बाहिरका ‘जमाती’ ल्याएर राखिएको भन्दै स्थानीयवासीले प्रहरीलाई खबर गरेपछि मस्जिदबाट र मस्जिद छेउछाउका केही व्यक्तिले स्थानीयवासीमाथि हमला गरेको वडा अध्यक्ष रवि गुप्ताले बताएका छन् ।

प्रहरीले झडपमा संलग्न भएको आरोपमा स्थानीय नसुरलाह मियाँसहित पाँच जनालाई नियन्त्रणमा लिएको छ । पर्साकी प्रहरी प्रमुख प्रहरी उपरीक्षक गंगा पन्तले घटनाको विषयमा विस्तृत अनुसन्धान भइरहेको जानकारी दिइन् ।

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.