लण्डन : मधेश सम्बन्धी पुस्तक ‘द मिडिल कन्ट्री’ विमोचन हुँदै


हुलाकी न्यूज, लण्डन । मधेशको राजनीतिक इतिहासदेखि साँस्कृतिक विषय बस्तुहरु समेटिएको पुस्तक ‘द मिडिल कन्ट्री’ अर्थात मध्यदेश लण्डनमा विमोचन हुँदैछ ।

स्थानीय समयअनुसार चार अप्रीलको साँझ ६ः३० बजे उक्त पुस्तक लण्डनस्थित क्लब रुम, अक्टुबर ग्यालरीमा विमोचन हुँदैछ । बेलायतका विशिष्ट व्यक्तिहरुसहित अधिवक्ता दिपेन्द्र झालगायतकाले उक्त पुस्तकको विमोचन गर्नेछन् ।
विमोचन कार्यक्रमको आयोजना लण्डनमा रहेका मधेशीहरुको विभिन्न संघसंस्थाहरुले संयुक्त रुपमा गरेको छ ।

महोत्तरी जिल्लाको जलेश्वर स्थायी घर भई हाल अमेरिका बस्दै आएका राम मनोहर साहद्धारा लिखित उक्त पुस्तकमा मधेशमा भएको युद्ध तथा औपनिवेशीकरणका विषयमा उल्लेखिय सामाग्रीहरु रहेका छन् । अंग्रेजी भाषामा लेखिएको उक्त पुस्तकलाई नयाँ दिल्लीको एड्रोइट पब्लिसरस्ले प्रकाशन गरेको हो ।

हुलाकी न्यूजसँग कुराकानी गर्दै पुस्तकका लेखक साहले उक्त पुस्तकमा मधेशको राजनीतिक, सामाजिक इतिहासदेखि शोषण र उत्पीडनका कुराहरु पनि समेटिएको बताए । लेखक साह मधेश मानव अधिकारका संयोजक पनि हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here