जीतेन्द्र कुमार राम, जनकपुरधाम :
लकडाउन मै विवाह गरेकी नवदुलही झुण्डिएको अवस्थामा भेटिएकी छिन्।

धनुषा जिल्लाको सबैला नगरपालिककी २२ वर्षीया अमृत देवी महरा दिउँसै झुण्डिएको अवस्थामा भेटिएकी हुन्।

परिवारका सदस्यहरु खेतमा धान रोप्नी गर्न गएको बेला उनी झुण्डिएको जनाइएको छ।

जनकपुरधाम उपमहानगरपालिका १६ महुवा कपलेश्वर माइती रहेको उनको जेठ २५ गते विवाह भएको थियो।

पति शंकर महराका अनुसार उनीहरुबीच एक सातादेखि बोलचाल बन्द रहेको थियो। उनको शवलाई पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरधाम पठाइएको छ।

लकडाउन अबधि मै सबैला नगरपालिकामा झुण्डिएर ज्यान गुमाउनेको संख्या ५ पुगेको प्रहरीले जनाएको छ।

लकडाउनको अवधिमा देशैभरी आत्महत्या गर्नेको संख्या बढेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.