काठमाडौं, २९ चैत । विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले लकडाउन खुकुलो पार्ने काम नगर्न कोरोना प्रभावित देशहरूलाई सचेत गराएको छ ।

अहिले विश्वभर सामाजिक दूरी कायम राख्न गरिएका प्रयास छिटै खुकुलो पार्दै जाने हो भने कोरोना भाइरसकाका संक्रमितको संख्या बढ्न सक्ने डब्ल्यूएचओले चेतावनी दिएको छ ।

डब्ल्यूएचओका महानिर्देशक टेड्रोस अधानोम गेब्रेससले केही मुलुकले आर्थिक समस्याको सामना गर्नुपरेको भए पनि सामाजिक दूरी कायम राख्न गरिएका प्रयास खुकुलो पार्ने विषयमा भने सतर्क हुनुपर्ने बताए ।

बीबीसीका अनुसार यूरोपको सबैभन्दा प्रभावित मुलुकहरू स्पेन र इटालीले मुलुकमा लगाइएको केही प्रतिबन्ध खुकुलो पार्ने तयारी भइरहेको छ ।

तर, उनीहरूको लकडाउन भने जारी छ । अहिले विश्वभर संक्रमितको संख्या १६ लाख नाघिसकेको छ भने मृत्यु हुनेको संख्या पनि एक लाख दुई हजार नाघिसकेको छ ।

जेनेभामा भएको ‘भर्चुअल पत्रकार सम्मेलन’मा उनले पछिल्लो समय यूरोपेली मुलुकमा यो महामारी सुस्ताउँदै गएको बताए । उनले डब्ल्यूएचओले अहिले कडाइ बढाउने विषयमा विश्वभरका मुलुकहरुसँग सहकार्य गरिरहेको बताए ।

यसैबीच गेब्रेससले अफ्रिका लगायतका मुलुकमा तीव्र दरमा भाइरस फैलिन सक्ने आशंका व्यक्त गरे । उनले अफ्रिकाको ग्रामीण क्षेत्रमा पनि यो भाइरस पुगिसकेको भन्दै आगामी दिनमा अवस्था अझै नराम्रो बन्न सक्ने चेतावनी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.